कामको खोजीमा भारत गएका मानबहादुर सम्पर्कविहिन

  ।   २८ पुष २०८०, शनिबार ११:१८

जुम्ला ।
कामको शिलशिलामा भारत गएर फर्किएका जुम्ला चन्दननाथ १० पिपलगाउ‘का ४७ बर्षका मानबहादुर कामी बिचबाटोबाटै सम्पर्कविहिन भएका छन । उनी भारतको कुल्ल मनालीबाट पुस १६ गते घर जाने भन्दै हिडेका थिए । पुस ९ गते भारत पुगेका उनी बिरामी भएपछि एक हप्ताभित्रै घर फर्किएका थिए ।
भारतबाट घर हिडेको खबर गरेका उनी अहिले सम्म घर पुगेका छैनन् । उनी पत्नी देउकली कामीले एक हप्ता भित्रै घर पुग्नुपर्ने मान्छे बिचमै हराएपछि खोजी सुरु भएको बताइन् । उनले भनिन्,‘अहिले सम्म जहातही खोजी सुरु भएपनि भेटिएका छैनन् । ’
उनले पुस १५ गते उनको मामाको छोरा जयकामीको मोवाइलबाट फोन गरेर बिरामी भएको खबर सुनाएका थिए । उनले भनिन्,‘बिरामी छु । घर फर्किन्छु भन्ने खबर पायौं । तर अहिले सम्म न उनी भेटाएका छौं । नत उनी बसेको स्थान नै थाहा भएको छ । ’मानबहादुरलाई बसभाडा समेत जयकामीले दिएर पठाएका थिए ।
मानबहादुर संगै भारत देखि पातारासी २ का धनबहादुर नेपालीको परिवार पनि नेपाल फर्किदै थियो । उनीहरु घर फर्के हप्तादिन बढि भइसकेको छ । तर उनी फर्किएका छैनन् । मैले धनबहादुरको परिवारलाई सोधें,देउकलीले भनिन्,‘उनीहरुले १७ गते भारतको बरेलीमा बस बिग्रिएको र उनी त्यहीबाटै सम्पर्कमा नआएको प्रतिक्रिया दिए । ’ तर केही बेर सम्म बसवालाले मानबहादुर खोजेको र नभेटिएपछि आफ्नो परिवारमात्रै फर्किएको धनबहादुरले भनेको देउकलीले बताइन् ।
धनबहादुरलाई जिल्ला प्रहरी कार्यालयमा समेत बोलाएर सोधपुछ गरिएको थियो । उनले सोधपुछमा मानबहादुर भारतको बरेलीदेखि सम्पर्कमा नआएको बताएका थिए । मानबहादुर पहिलो पटक भारत गएका थिए । उनलाई हिन्दी भाषा समेत बोल्न आउदैन् ।
घर फर्किएको बिरामी श्रीमान सम्पर्कविहिन हुंदा परिवार नै चिन्तामा छ । उनले श्रीमानको खोजीको लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा निवेदन दिएकी छिन । जिल्ला प्रहरी कार्यालयले उनको हुलिया सिमा नाका क्षेत्रमा पठाएको छ । भारतमा लाग्ने मोवाइल नम्बर उनले बोकेका छन । तर फोनमा समेत सम्पर्क हुन सकेको छैन । अहिले सम्म पनि सम्पर्कमा नआउदा चिन्ता बढेको छ,उनले भनिन्,‘सबै मिलेर श्रीमान खोजिदिनुस । ’

श्रीमान भेटाउने व्यक्तिहरुले ९८६८०३६०६१ मा सम्पर्क गरेर जानकारी दिन समेत देउकलीको आग्रह छ । मानबहादुर बेरोजगारी समस्याका कारण पुस नौ गएर घरबाट हिडेका थिए । उनी १३ गते भारतको कुल्लु मनाली पुगे । १४ गते उनले ज्यालामजदुरीमा काम गरे । १५ गते देउकलीलाई फोन गरेर बिरामी छु । भारतमा बस्न सक्दैन् । फर्किन्छु । ज्वरो आउने र टाउको दुख्ने समस्या दर्शाएका थिए । देउकलीले भनिन्,‘अहिले नफर्किनुहोला । दुइचार दिनमा सन्चो भइहाल्छ होला । जुम्लामा बसेर क्रृण जोहो तिर्न सकिदैन् भनेको थिएं ।
मानबहादुरको परिवारमा दुई छोरा र एक छोरी सहित श्रीमति घरमा छन । उहॉ मेरो भरोसा र आशा हुनुहुन्थ्यो,उनले भनिन्,‘अहिले सम्म पुग्नु भएको छैन । खोज्ने मान्छे पनि छैनन् । मान्छे खोज्न पठाउ‘दा लाग्ने खर्च समेत दिन सकिने अवस्था छैन । म कहॉ खोजु । कसरी पत्ता लगाउ श्रीमान । ’
घरबाट हिड्ने बेला मानबहादुरले बालबच्चा हेर्नु, दुईचार महिना पछि फर्किन्छु । चिन्ता नगर्नु भनेका थिए । उनले भनिन्,‘कमाउला भनेर हिडेका श्रीमान सम्पर्कमा हुनुहुन्न । बालबच्चा निराश छन । ’ उनले प्रहरीले काटेको हुलिया अनुसारको व्यक्ति खोजबिन गरिदिन समेत हारगुहार गरेकी छिन ।

Next Post

उद्यमीहरुको प्रेरणा बन्ने रविनाको रहर

२८ पुष २०८०, शनिबार ११:१८
जुम्लाको पातारासी गाउँपालिका-३ हुरी गाउँकी २९ वर्षीया रविना (बुढा) मगर व्यावसायिक रुपमा पाउरोटी उद्योग सञ्चालन गरेर एक सफल उद्यमी महिलाको रुपमा आफूलाई चिनाउन सफल भएकी छिन। तीन वर्षदेखि यो पेसामा लागेकी उनले पाउरोटी उद्योग खोलेर चार जनालाई रोजगारी दिनुका साथै वार्षिक दस लाख रुपैयाँ बचत गरेकी छिन्। उनको जुम्लाको सदरमुकाम […]