उद्यमीहरुको प्रेरणा बन्ने रविनाको रहर

  ।   २८ पुष २०८०, शनिबार ११:२२

जुम्लाको पातारासी गाउँपालिका-३ हुरी गाउँकी २९ वर्षीया रविना (बुढा) मगर व्यावसायिक रुपमा पाउरोटी उद्योग सञ्चालन गरेर एक सफल उद्यमी महिलाको रुपमा आफूलाई चिनाउन सफल भएकी छिन।

तीन वर्षदेखि यो पेसामा लागेकी उनले पाउरोटी उद्योग खोलेर चार जनालाई रोजगारी दिनुका साथै वार्षिक दस लाख रुपैयाँ बचत गरेकी छिन्। उनको जुम्लाको सदरमुकाम खलङ्गा भित्र पर्ने चन्दननाथ नगरपालिका-५ कालेखोलीमा सन्देश एण्ड जनेश पाउरोटी उद्योग छ। उनले चार जनालाई अहिले दस हजार, पन्ध्र र बीस हजार पारिश्रमिक समेत दिएकी छिन्।

उनले ताजा पाउरोटी प्रतिकेजी ५०, क्रिमरोल प्रतिकेजी ५० र चाउमिन प्रतिकेजी १ सय २० रुपैयाँमा बिक्री गदै आएकी छिन्। ४ सय बर्गमिटर क्षेत्रफल जग्गा लिजमा लिएको बताउँछिन्। वार्षिक २४ हजार भाडा तिर्ने गरेको उनको भनाइ छ।

उनलाई पति डिलबहादुर बुढाले साथ दिएका छन्। आफूभित्रको आत्मविश्वास, इच्छाशक्ति, क्रियाशीलता र निरन्तर मेहनत नै आफ्नो सफलताका कारक भएको उनले बताइन्। रवि नाले कक्षा १० सम्म मात्रै अध्ययन गरेकी छिन्।

उत्पादन सँगसँगै बजारीकरणका लागि पनि उनी आफै हिँड्ने गरेकी छिन्। आफैले अटो कुदाएर उनी बजारमा पुग्छिन्। उनी भन्छिन्, ‘साढे ६ लाख अटो किने, अटोको लगानी तिरी सकेको छु। बिहान,बेलुकाको समयमा पाउरोटीहरु बेच्ने गर्दछु।’

उनी तिला गाउँपालिकाको कुडारी बजार र जुम्ला बजारको पुरै पसलमा पुग्ने गर्छिन्। सोही व्यवसायबाट उनले दुईवटा छोरीलाई सरकारी र तीन वटा छोरालाई सदरमुकाम निजी विद्यालयमा पढाएकी छिन्।

Next Post

जुम्ला - डोल्पा सडक तीब्र गतिमा

२८ पुष २०८०, शनिबार ११:२२
मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडकअन्तर्गत जुम्लादेखि डोल्पासम्मको सडक खण्ड निर्माण तीव्र गतिमा बढिरहेको छ। सडक डिभिजन कार्यालय जुम्लाका अनुसार दुई जिल्लाको सीमा क्षेत्र मौरे लेकको विभिन्न स्थानमा काम निरन्तर रूपमा अगाडि बढिरहेको छ। सडक डिभिजन कार्यालय प्रमुख दीपेन्द्र विष्टले जुम्लादेखि डोल्पाको मौरे लेकसम्म ४३ किलोमिटर रहेको बताए।उनका अनुसार छिनासाँघुदेखि दानसाँघु ३.५ किमिसम्म कास्यप […]

सम्बन्धित