जुम्लामा प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुदैं

  ।   ३ फाल्गुन २०८०, बिहीबार १६:२२

कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता जुम्लामा हुने भएको छ । यही फागुन १५ देखि १९ गते सम्म जुम्लाको निर्माणाधिन फुटबल रंगशालामा फुटबल प्रतियोगिता हुने भएको हो । खेलमैदान नहुंदा सेनाको मैदान मागेर फुटबल खेलाउने जुम्लाले यो पटक प्रदेशस्तरीय फुटबल प्रतियोगिता गर्ने अवसर प्राप्त गरेको जिल्ला फुटबल संघ जुम्लाका महासचिव दीपेन्द्र हमालले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशका दसवटै जिल्लाबाट एक एक वटा फुटबल टिम आउनेछ ।
एक टिममा दुई जना अफिसियल सहित १५ जना सहभागि हुनेछन । कर्णालीको १० जिल्लाबाट झण्डै एक सय ५० जना फुटबल खेलाडी भेला हुने जिल्ला फुटबल संघ जुम्लाले जनाएको छ । पहिलो पटक प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुनेभएपनि जुम्लाका खेलाडीहरु उत्साहित भइरहेका छन ।
पहिले कपडाको बल बनाएर धान रोप्ने खेतमा फुटबल खेलिरहेका खेलाडीहरु अहिले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने भएको खुसी छन । महासचिव हमालले भने,‘पहिले फुटबल खेल्न बाहिर जिल्ला गइन्थ्यो । अहिले बाहिर जिल्लाहरुबाट खेलाडीहरुलाई जुम्लामा खेल्न निम्तो दिदैछौं । यो भन्दा सुखद पक्ष के हुन सक्ला र ?’
प्रदेशस्तरीय फुटबल प्रतियोगितामा छनौट भएका खेलाडीहरु सिंधै राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागि हुन पाउनेछन । पहिलो पटक जुम्लाले राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार पार्ने अवसर पाएको छ । यो सुनौलो अवसरको सही रुपमा सदुपयोग गर्नुपर्ने अवस्था छ । ’
यो प्रतियोगिताले जुम्लामा फुटबल खेलमा विवादै विवाद भइरहेको भन्ने गलत सन्देशको पर्दाफास गरेर फुटबलमैत्री जुम्लाको पहिचान बनाउने जिल्ला फुटबल संघ जुम्लाका अध्यक्ष भरत बुढ्थापाले जानकारी दिए । उनले जुम्लामा अब्बल खेलाडीहरु जन्मिएपछि अवसर नपाउदा थन्किएको भन्दै यो प्रतियोगिताले प्रतिभाको स्पष्ट उजागार गर्ने बताए । कर्णाली खेलकुद विकास परिषदको आर्थिक सहयोग,कर्णाली प्रदेश फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको समन्वय र जिल्ला फुटबल संघ जुम्लाको आयोजनामा प्रतियोगिता हुन लागेको हो । एक साता जुम्ला फुटबलमय हुनेछ, अध्यक्ष बुढ्थापाले भने,‘खेलाडीहरुको टिम चिन्ने र खेलाडीहरुको प्रतिभा हेर्ने अवसर नछुटाउन खेलप्रेमीहरुलाई आव्हान गरिएको छ । ’
जिल्ला फुटबल संघ जुम्लाले प्रदेशस्तरीय फुटबल प्रतियोगिता सफल बनाउने बारेमा स्थानीय सरकारका प्रमुखहरु संग छलफल गरेको छ । खेलमैदान बनाउने देखि खेलाडी प्रोत्साहनका कार्यक्रम अघि बढाउने बिषयमा छलफल भएको महासचिव हमालले बताए ।
उनका अनुसार फागुन २० देखि २६ गते सम्म रेफ्रि तालिम पनि जुम्लामा हुदैंछ । जुम्लाका हरेक पालिकाबाट न्युनतम एक फुटबल रेफ्रि उत्पादन गर्न स्थानीय सरकारहरुले प्रतिबद्धता जनाएका छन ।

Next Post

कार्यसम्पादन मुल्यांकनमा जुम्लाको कनकासुन्दरी पहिलो

३ फाल्गुन २०८०, बिहीबार १६:२२
जुम्लाको कनकासुन्दरी गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा पहिलो भएको छ । जिल्लाका एक नगरपालिका र सात गाउँपालिका मध्ये कनकासुन्दरी गाउ‘पालिका पहिलो बनेको हो । प्राकृतिक स्रोत तथा वित्ति आयोगले गरेको कार्यसम्पादन मुल्यांकनका आधामा कनकासुन्दरीले १७ वटा सुचकमा आधारित भएर मुल्यांकन गर्दा सबैभन्दा धेरै अंक ल्याएको हो । वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकन […]

सम्बन्धित