उत्पादनमा जोडियो नेत्रविक्रम चन्द नेतृत्वको नेकपा

  ।   २७ फाल्गुन २०८०, आईतवार ०७:२३

डीबी बुढा,जुम्ला ।
नेत्रविक्रम चन्द (बिप्लव सी) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उत्पादन संग जोडिएको छ । पार्टीलाई तीन बर्षमा आत्मनिर्भर बनाउने हेतुले उत्पादनका क्रियाकलापहरुमा जोडिएको हो । जुम्लाको हिमा गाउ‘पालिका ७ स्थित गाडुल्यमा स्याउको बगैंचा स्थापना गरेर उत्पादनका क्रियाकलापमा सहभागि बनेको सन्देश दिएको हो । महासचिव चन्दले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता र कार्यकर्ता बनाउन उत्पादनका क्रियाकलापमा प्रत्यक्ष रुपमा जोडिएको बताए । नेपाल कम्युनिष्ट पार्टीको उत्पादन विभागले जुम्लाको हिमा ७ गाडुल्यामा गरेको स्याउका विरुवा रोपण कार्यक्रमलाई संवोधन गर्दै महासचिव चन्दले अब चन्दा उठाएर जनतासंग आर्थिक सहयोग मागेर पार्टी चलाउन नसकिने बताए ।
उनले भने,‘अब चन्दा उठाएर संभव छैन । भाषण गरेर कोरा आदर्श बाडेर झनै संभव देखिदैन् । त्यसैले हाम्रो जीवनलाई बदल्ने क्रियाकलाप नै उत्पादन भएकोले त्यो संग जोडिनुको विकल्प छैन् । अब नेपाल कम्युनिष्ट पार्टी उत्पादनसंग जोडिएर आत्मनिर्भर बन्ने लाइनमा प्रवेश गरिसकेको छ । ’
कम्तिमा खान,बस्न र पढ्न कुनै पनि निकाय र संघसंस्था संग गुहार गर्न नपरोस भन्ने हेतुले हिमाल,पहाड र तराइका क्षेत्रमा अनुकुल देखिएका उत्पादनसंग जोडिएको उनको भनाई छ । महासचिव चन्दले भने,‘ बन्दुक बोक्नु, आन्दोलन गर्नु,राजधानी बन्द गर्नु, हंगामा मच्चाउनु नेपालीको लागि अब नौलो भएन । हामीले निकै ठुलो बन्दुकको पनि अनुभुती गरिसकेका छौं । तर नेपाल चाहेको स्पिडमा आउन सकेन । ’
उनले राजनीतिक दलको क्रियाकलापले नेपाली जनतामा नकरात्मक प्रभाव पारेको बताए । राजनीति प्रति जनताको तीब्र बितृष्णा छ । नेता र कार्यकर्ताहरु प्रति हेर्ने नजर बिग्रिएको छ । महासचिव चन्दले थपे,‘ अबको राजनीति अर्थतन्त्रमा बदलिनुपर्छ । उत्पादन संग जोडिनुपर्छ । क्रान्ति आर्थिक संघर्षमा बदलिनुपर्छ । सिदान्त व्यवहारमा बदलिनुपर्छ । नीतिहरु प्रयोगमा बदलिनुपर्छ । अनि मात्र देशको आर्थिक समृद्धि हुन सक्छ । यो मार्गमा अहिले नेपाल कम्युनिष्ट पार्टी लागि परेको छ । ’
हामी सरकारमा भएपनि नभएपनि खानु परेको छ । बस्नु परिरहेको छ । कपडा पर्ने,लेख्ने,पढ्ने,हिड्ने गरिरहनु परिरहेको छ । आधुनिक प्रविधिहरुको प्रयोग गर्नुपरिरहेको छ । महासचिव चन्दले भने,‘ त्यो अब मागेर संभव छैन । संभव कसरी छत भन्दा उत्पादनसंग जोडिएर मात्र संभव छ । त्यसैले हामी जहॉ बस्छौं आर्थिक कार्यमा विशेष जोड दिनुपर्छ ।’
तराइमा कृषि बालीमा जोड दिएको नेकपाले पहाडमा फलफुल र हिमालमा फलफुल र जडिबुटीमा जोड दिएका छ ।
उनका अनुसार उत्पादनमा क्रियाकलापले देशैभर माहोल बनिरहेको छ । कर्मचारीहरु उत्साहित छन । व्यवसायीहरु हौसिएका छन । यो भन्दा सुखद सन्देश अरु केही हुनै सक्तैन, उनले भने । अब घरेलु उद्योगहरु स्थापना गरेर रोजगारका काममा पनि अग्रसर हुने तयारीमा रहेको उनको भनाई छ ।
उनले राज्यले गर्नुपर्ने काम आफुहरुले गरेपनि सहयोग नपाएको बताए । जुम्लाको हिमा ७ गाडुल्यामा रहेका २२ हजार बर्गमिटर जग्गामा झण्डै दुई हजार विरुवा रोप्ने नेपाल कम्युनिष्ट पार्टीको तयारी छ । पहिलो चरणमा ६ हजार बर्गमिटर जग्गामा स्याउका विरुवा रोपिरहेको नेपाल कम्युनिष्ट पार्टीका उत्पादन विभाग सदस्य प्रभाजित सीले बताए ।
उनका अनुसार बगैंचाको रेखदेख र संरक्षण पनि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले गर्नेछन । महासचिव चन्दले स्याउ रोपेर स्याउ रोपन कार्यक्रमको उद्घाटन गरेका थिए । स्याउ रोप्नको लागि नेता,कार्यकर्ताहरु सबै जुम्ला पुगेका छन ।

Next Post

जुम्लाको गाडुल्यमा नेकपाले बनायो बृहत स्याउ बगैंचा

२७ फाल्गुन २०८०, आईतवार ०७:२३
जुम्ला । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिट पार्टीले जुम्लामा स्याउ खेति थालेको छ । पार्टीका नेता कार्यकर्ता उत्पादनसंग जोड्न बहृत स्याउ बगैंचा स्थापना गरेर स्याउखेति थालेको हो । जिल्लाको हिमा गाउ‘पालिका ७ को गाडुल्यामा झण्डै २२ हजार बर्गमिटर क्षेत्रफलको जमिनमा स्याउ खेति थालिएको नेकपा केन्द्रीय उत्पादन विभागका सदस्य बिर्खबहादुर शाहीले […]

सम्बन्धित