जुम्लाको गाडुल्यमा नेकपाले बनायो बृहत स्याउ बगैंचा

  ।   २७ फाल्गुन २०८०, आईतवार ०७:२६

जुम्ला ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिट पार्टीले जुम्लामा स्याउ खेति थालेको छ । पार्टीका नेता कार्यकर्ता उत्पादनसंग जोड्न बहृत स्याउ बगैंचा स्थापना गरेर स्याउखेति थालेको हो । जिल्लाको हिमा गाउ‘पालिका ७ को गाडुल्यामा झण्डै २२ हजार बर्गमिटर क्षेत्रफलको जमिनमा स्याउ खेति थालिएको नेकपा केन्द्रीय उत्पादन विभागका सदस्य बिर्खबहादुर शाहीले जानकारी दिए ।
बगैंचामा स्याउ रोप्न नेत्रविक्रम चन्द विप्लव आफै जुम्ला पुगेका छन । हिमा ७ धाचुगाउ देखि झण्डै दुई घण्टाको पैदलयात्रा गरेर पुगिने हाडुल्यामा नेत्रविक्रम चन्द पाल हालेर आफै स्याउ रोप्न कस्सिएका हुन ।
बॉझो जमिन स्याउ रोपेर उपयोगमा ल्याएपछि स्थानीय दंग छन । उनीहरुले नेकपाले गरेको उत्पादनमुलक कार्यको प्रसंसा गरेका हुन । जुम्ला स्याउको जिल्ला हो । तर अधिकांस बाझो जग्गा स्याउ खेतिको लागि प्रयोगमा आउन सकेको छैन् । नेत्रविक्रम चन्दले भने,‘अब खाली जग्गामा स्याउ रोपेर आयआर्जनका क्रियाकलापमा सहभागि बन्ने बेला आइपुगेको छ । यो कार्यमा सर्वसाधारण नागरिक,किसान बर्गहरु सबैले साथ दिन जरुरी छ । ’
तराइमा धान,पहाडमा फलफुल र हिमालमा फलफुल खेतिसंगै जडिबुटी खेति गर्न सुरु गरेको नेकपाले गुणस्तरीय स्याउको उत्पादन गरेर देशका ठुला बजारहरुमा स्याउको बजारीकरण गर्ने जनाएको छ । स्याउ खेतिको लागि जिल्ला कृषि विकास कार्यालय जुम्लाले तीन सय स्याउका विरुवा र कृषि प्राविधिक पठाएको थियो ।
कृषि प्राविधिकको प्रत्यक्ष निगरानीमा स्याउ खेति गरिएको हो । मलखाद्यको व्यवस्थापन र सिचाइको सुविधा भएकोले बगैंचामा स्याउका विरुवाहरु जोगाउन सहज हुने कृषि प्राविधिक पदम रोकायाले जानकारी दिए । उनले भने,‘जुम्ला स्याउ खेतिको संभावना भएको जिल्ला हो । नेकपाले स्याउमै हात हालेर खेति गर्न थालेकोले केही बर्षमै मनग्गे आम्दानी लिन सक्ने देखिन्छ । ’
नेकपाले बगैंचा व्यवस्थापन र हेरचाहका लागि कार्यकर्ता परिचालन गर्ने भएको छ । पहिलो चरणमा एक हजार विरुवा रोपेर बगैंचा सञ्चालन गरेको नेकपाले १० हजार स्याउका विरुवा रोप्ने तयारी गरेको छ । यो बगैंचा स्थानीयजातको स्याउको जुम्लाकै ठुलो बगैंचा हुने अनुमान गरिएको छ ।
समुदी सतह देखि झण्डै ३ हजार मिटर उचाइमा रहेको सो बगैंचा कृषि विज्ञहरुको अध्ययनको बिषय बन्ने समेत अपेक्षा गरिएको नेकपाले जनाएको छ । स्थानीय जातको रेड,रोयल र गोल्डेन डेलिसियस जातको स्याउ रोपिएको हो । नेकपालाई स्थानीय किसानहरुले समेत स्याउका विरुवा उपलब्ध गराएका थिए । स्याउ रोप्न,जुम्ला,कालिकोट,मुगु,रोल्पा देखि कार्यकर्ताहरु जुम्ला पुगेका छन ।
स्याउ खेतिको लागि राज्यले सहयोग नगरेको गुनासो नेत्रविक्रम चन्दले गरेका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा र केही मन्त्रीहरु संग स्याउका विरुवाको लागि आवश्यक सहयोग गर्न माग गरेका थियौं,नेत्रविक्रम चन्दले भने,‘उनीहरुले कानुनी प्राव्धान तेर्साएर सहयोग गर्न सक्नु भएन् । ’
उत्पादनसंग जोडिएर नेकपा आत्मनिर्भरताको दिशामा अग्रसर भइरहेको उनको भनाई थियो । स्याउ रोप्नकै लागि नेकपाका महासचिव नै दुर्गम गाउ‘मा आएर बसेपछि किसानहरु उत्साहित बनेका छन । नेकपाका सञ्चार विभागका सचिव बसन्त सी ले नेत्रविक्रम चन्दको जुम्ला र कालिकोटको बसाइ झण्डै एक हप्ताको हुने बताए । उनका अनुसार कालिकोटको फोइमहादेवमा स्याउको बगैंचा बनाउने बताए ।
पहिलो चरणमा स्याउको खेति थालेको नेकपाले अब ओखर खेति पनि प्रारम्भ गर्ने तयारी थालेको उनको भनाई छ । नेकपाको स्याउ खेतिले किसानहरुमा व्यवसायिक स्याउ खेति गर्ने हुटहुटी पलाएको छ । स्याउ खेतिका लागि धाचुगाउ‘का स्थानीयले जमिन दिएका हुन । अव निकैको कुडु र महावैपातरखोलाका किसानहरु संग जग्गा उपलब्ध गराउने बारे छलफल चलिरहेको नेकपाले जनाएको छ ।
स्याउको व्यवस्थापन,रेखदेख,मलखाद्य र सिचाइ प्रबन्ध मिलाउन दक्ष प्राविधिक जनशक्ति खटाउने तयारी भइरहेको उत्पादन विभाग सदस्य बिर्खबहादुर शाहीले जानकारी दिए ।

Next Post

करेन्ट लागेर उपाध्यायको मृत्यु

२७ फाल्गुन २०८०, आईतवार ०७:२६
जुम्ला । जुम्ला तातोपानी गाउँपालिका ४ गिडिखोलाका ३५ बर्षिय कालीप्रसाद उपाध्यायको विद्युतीय करेन्ट लागेर मृत्यु भएको छ । गिडिखोला स्थित जालपादेवी विद्युत आयोजनाका संस्थापक अपरेटरका रुपमा कार्यरत उपाध्याय बुधबार सॉझ करेन्ट लागेर घाइते भएका थिए । वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार मृतक उपाध्याय विद्युतको ट्रान्सफर्मरमा झुण्डिएको अवस्थामा भेटिएका थिए । ‘स्थानीयले […]