बाजुरास्थित बडिमालिका मन्दिरकोे पुजाआराधना गर्न जुम्लाको सरकारी डोली बडिमालिका तिर प्र्रस्थान गरेको छ । तत्कालिन जुम्ला राज्य र डोटी राज्यद्धारा संयुक्त रुपमा पुजा गर्ने प्रचलन अनुसार जुम्लावाट सरकारी टोली प्रस्थान गरेको हो ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत मीनबहादुर रावलको नेतृत्वमा पुजारी विष्णुप्रसाद उपाध्याय लगायतको सरकारी टोली बडिमालिका प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय अगाडी रहेको दरबार मालिका मन्दिरमा झोलीको पुजा गरेर यात्रा सुरु भएको थियो ।
दिउ‘सो १ बजे जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य,प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे लगायतको सरकारी उच्च अधिकारीहरुले टोलीको बिदाइ गरेका थिए । नेपाली सेनाको एक टुकुटीले बटुक भैरवनाथ, चन्दननाथ बाबा र दरवार मालिकाको सलामी अर्पण गरेपछि टोली अघि बढेको थियो । जिल्ला प्रहरी कार्यालय भित्र रहेको बडिमालिका माईको मन्दिरमा पुजाआजा पछिको अन्तिम सलामी अर्पण गरेर टोली प्रस्थान गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
नाग पञ्चिमीका दिनमा बडिमालिका तर्फ प्रस्थान गर्ने परम्परा अनुसार जुम्लाको टोली त्यस तर्फ प्रस्थान गरेको स्थानीय चित्रलाल श्रेष्ठले जानकारी दिए । सरकारी टोली १८ दिनको पैदल यात्रापछि बडिमालिकामा पुगेर पुजा आजा गरेर जुम्ला सदरमुकाम खलंगामै फर्कन्छ । परम्परा देखि अञ्चलाधिस कार्यालयको माताहातमा चालिआएको पुजाआजा अहिले जिल्ला प्रशासन कार्यालयको माताहातमा चलिरहेको छ ।
वढिमालिका माईको पुजा आजा गरेमा मनको ईच्छा पुरा हुने धार्मिक विश्वास रहि आएको छ । तत्कालिन बडा हाकिमको नेतृत्वमा बडिमालिका जाने चलन रहेपनि हाल जिल्ला प्रशासन कार्यालयले प्रतिनिधि पठाउने गरेको छ । शुक्रबार प्रस्थान गरेको टोली कृष्ण जन्माअष्टमीको अघिल्लो दिनमा फर्किने गरेको छ । टोली फर्किएको भोलिपल्ट लाख्य काट्ने चलन छ । स्थानियले आफ्नो मनको ईच्छा पुरा हुने आशमा ध्वजा, अक्षता नासो पठाएका छन । जुम्लावाट लिएको अक्षेता, फुलपाती बडिमालिकामा लिएर चढाईन्छ ।
शुक्रबारमध्यान्ह हिडेको टोलीको पहिलो बास तातेपानीमा हुन्छ । नेपाली सेनाको देविदत्त गणबाट आएको टोली र जिल्ला प्रहरी कार्यालयबाट आएको टोली र सशस्त्र प्रहरी वलको टोलीले बाजागाजा सहित निशान भगवती, चन्दननाथ, भैरवनाथ र बडिमालिका माईलाई ब्याण्ड बाजा, डोल बजाएर बिगुल फुकेका थिए । हरेक वर्ष भगवतीको लागी सुनको टिका, चॉदीको बिनायो, चॉदीको मुरुली, चॉदीको कॉगियो र चॉदीको छत्र बनाएर पठाईने गरिन्छ ।
बडिमालिकाको डोली पठाउनको लागि गाउ‘गाउ‘बाट दर्शनालुहरु खलंगामा आएका थिए । यो संगै यो वर्षको जात्रा औपचारीक रुपमा शुरु भएको छ । डोली ल्याएर फर्कदा खस भाषाको केन्द्र विन्दुमा रहेको जुम्ला सिजाको कनकासुन्दरी मन्दिरमा पुजाआजा गरेर फर्कने परम्परा छ । बडिमालिकाको डोली पठाउन हजारौं जुम्लाबासी सदरमुकाम खलंगामा जमघट भएका थिए ।