जुम्ला कारागारका कैदीबन्दीलाई पुस्तक

  ।   २६ श्रावण २०८१, शनिबार ०७:५६

जुम्ला प्रहरीले कारागारले कैदी बन्दीलाई किताब उपलब्ध गराएको छ। प्रहरीले कैदीलाई भित्रै अध्ययन गेरर ज्ञान आर्जन गर्न सजिलोका लागि विभिन्न लेखकका पुस्तक हस्तान्तरण गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक छेदीलाल कामतिका अनुसार नेपाल प्रहरी श्रीमती संघको ४० औँ बार्षिक उत्सवको अवसरमा कैदीबन्दीलाई ज्ञान दिने उद्देश्यले पुस्तक दिइएको हो।

जिल्ला समन्वय समितिका प्रमुख गौरीन्द आचार्य, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे र प्रहरी नायव उपरीक्षक छेदिलाल कामतिले पुस्तक हस्तान्तण गरेका थिए। चाँदीको घेरा थान ८, शंकराचार्यको जीवनी थान १, पानी र मानवता थान १, आधुनिक नेपाली महाकाब्य थान १, मान्छे निवन्ध संग्रह थान १, संकराचार्यको जीवनी थान १, अब्यक्त गिता थान १, रामकृष्ण र बुद्ध दर्शन थान एक सहित विभिन्न ३० थान पुस्तक हस्तान्तरण गरेका छन्। प्रनाउ कामतीले पुस्तकसँगै १६ थान लुडो र चेस उपलब्ध गराईएको बताइउको छ। पुस्तक तथा खेल सामग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पुस्तकले बन्दी भएको अवस्थामा समेत अध्ययन गरेर ज्ञान दिन सक्ने भएकाले सजिलो हुने बताए।

यस्तै, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले ठूला ठूला विद्धानहरु कारागारमा बन्दी जीवन बिताइरहेको समयमा अध्ययन गरेर, पुस्तक लेखेर राम्रो विद्धान बन्न् सक्ने भएकाले किताबी अध्ययन गर्न अनुरोध गरे। यता कैदी लेकेन्द्र बुढाले किताब उपलब्ध गराइएकोमा खुसी हुदै धन्यवाद दिए। यस्ता कार्यले कैदीलाई हौसला मिल्नेछ। यस्तै, अर्का कैदी धनबहादुर रावतले एउटा गाडीको आवश्यकता रहेको बताए।

बिरामी भएको बेला अस्पतालसम्म बाइकमा जानुपर्ने समस्या छ।२० हजार रुपैयाँ बराबरको २३ प्रकारका ३० थान पुस्तक र खेलकुदका सामग्री हस्तान्तरण गरिएको उनले बताए। कारागारको पुस्तकालयमा धेरै प्रकारका ८ सय बढी पुस्तक रहेको जेलर जयाप्रसाद पाण्डेले बताए। अब कानुनी र न्याय सम्बन्धिका किताब आवश्यकता रहेको उनको भनाइ छ। अहिले जिल्ला कारागारमा १ सय २३ जना कैदीवन्दी छन्। जसमध्ये ५ जना महिला छन्।

२०७५/७६ सालतिर तत्कालिन कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी महेश विक्रम शाहले कारागारमा पुस्तकालय अभियान थालेका थिए। कारागारमा पुस्तक थपिदै ८ सय बढी पुस्तक पुगेका हुन्।

Next Post

स्याउ टिप्न जुम्लादेखि भारतकाे सिमलासम्म

२६ श्रावण २०८१, शनिबार ०७:५६
जुम्लाको सिंजा गाउँपालिका-६ का भिमबहादुर रावतलाई दुई साताअघि भारतको हिमाञ्चल प्रदेशमा पर्ने सिमलास्थित स्याउ बगानका मालिकबाट फोन आयो। ‘स्याउ पाक्न लाग्यो, टिप्ने बेला भो, छिटो आउनुपर्‍यो।’ साउन ३ गते रावत दश जना अरू कामदारसहित नेपालगन्जको रुपडिया नाका हुँदै स्याउ टिप्न सिमलातिर लागे। उनीसँगै कर्णाली प्रदेशका विभिन्न जिल्ला र अन्य जिल्लाका […]