पहिरोले कर्णाली राजमार्ग अवरुद्ध,यात्रु अलपत्र

  ।   २६ श्रावण २०८१, शनिबार ०९:४७

जुम्ला — पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गए राति सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गतको कालीकोट जिल्लाको राँचुली, मोल्फा र फुर्केमा आएको पहिरोले सडक अवरुद्ध भएको हो ।

बिहानैदेखि पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । राँचुली, मोल्फालगायत स्थानमा सानाठूला पहिरो जाँदा सडक अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाडौँतर्फ चल्ने सवारीसाधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्रमा परेका छन् ।

अवरुद्ध भएको ठाउँमा पहिरो पन्छाउने काम सकिएपछि कर्णाली राजमार्ग सञ्चालनमा आउने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

Next Post

सुनका गहना चोर्ने शालिकराम पक्राउ

२६ श्रावण २०८१, शनिबार ०९:४७
जुम्ला — जुम्लामा सुनका गरगहना चोर्ने चन्दननाथ-१ का २६ वर्षीय शालिकराम महतलाई प्रहरीले पक्राउ गरेको छ । साउन ११ गते चन्दननाथ नगरपालिका-१ कालेखोलीकी शान्ति देवकोटाको घरमा राखिएको गहना चोरेको आरोपमा महतलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी छेदीलाल कामतीले जानकारी दिए । उनका अनुसार शान्ति देवकोटा माइती गएको बेला […]