कर्णाली राजमार्गका अधिकांश चेकपोष्ट हटाउने तयारी

  ।   ३० श्रावण २०८१, बुधबार २०:५२

कर्णाली प्रदेशभर नेपाल प्रहरीले सुरक्षा जाँचका नाममा राखेका अधिकांश चेकपोष्ट हटाउने तयारी भएको छ ।

जिल्लामा छिर्ने मुख्यनाका र आवश्यक चेकपोष्टबाहेक धेरै प्रहरी चेकपोष्टलाई हटाउने तयारी भइरहेको कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआईजी) अर्जुन चन्दले बताए । ‘प्रदेशभर चेकजाँच गर्ने मुख्यनाका र अन्यआवश्यक चेकपोष्टहरु अध्ययन गर्दैछौं’ डिआईजी चन्दले भने ।

हिजोआज बबईदेखि जुम्लासम्म २२ ठाउँमा प्रहरीले चेकपोष्टमार्फत् सुरक्षा जाँच गर्दै आएको छ। ६० देखि ६५ ठाउँमा ट्राफिक प्रहरीले छड्के जाँच गर्नै गर्छ । जसले गर्दा यातायात व्यवसायी र यात्रुलाई सास्ती हुने गरेको छ ।

रत्न राजमार्ग ४५ किलोमिटर र २३२ किलोमिटर कर्णाली राजमार्ग, जाजरकोट, दैलेख, सल्यान, डोल्पा र रुकुम पश्चिममा गरेर दर्जनौ चेकपोष्टहरु रहेका छन् ।

मुख्यत बबईदेखि जुम्ला र मुगुसम्म तथा जाजरकोट, रुकुम, सल्यान र डोल्पासम्म रहेका प्रहरी चेकपोष्टबाट अनावश्यक चेकपोष्टहरु हटाउने गृहकार्य कर्णाली प्रहरी कार्यालय सुर्खेतले गरिरहेको छ ।

जनप्रनिधि र व्यवसायबाट बढी गुनासो आउन थालेपछि प्रहरीले अनावश्यक चेकजाँच हटाउने तयारी स्वरुप अध्ययन थालेको हो ।

Next Post

गरिबी र अशिक्षाले हटेन बालविवाह

३० श्रावण २०८१, बुधबार २०:५२
जुम्लाका किशोरीहरुले कुसंस्कार र कुरीतिको प्रतीकको रुपमा रहेको बाल विवाहलाई हटाउन कानुनहरुको कडाइकासाथ पालना गर्नुपर्ने बताएका छन्। मंगलबार २५ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाको आयोजना तथा प्लान नेपाल जुम्लाको आर्थिक सहयोगमा बालविवाह अन्त्यका लागि कनकासुन्दरी गाउँपालिकाले आयोजना गरेको रणनीति छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका […]