तिला नदिमा र्याफ्टिङ चलाउने बिर्खराम

  ।   ३० श्रावण २०८१, बुधबार २१:०५

सहपाठीहरु स्कुलमा कखरा पढिरहेको बेला जुम्ला चन्दननाथ नगरपालिका १ का बिर्खराम नेपाली नजिकैको तिला नदि पौडिरहेको सम्झदा झस्कन्छन् । नदिमा रहेका माछा,गड्यौलाहरु देखि घाँसपात र ढुंगाहरु संग खेलिरहेको बेला सहपाठीहरु स्कुलका मैदानहरुमा खेलकुदमा सहभागि हुंदाको क्षणले अहिले पनि उनलाई भावविह्वल बनाउने गरेको छ ।
नदिमा खेलिरहेको देखेर कैयनपटक बुवाआमाहरुले सझाउने गरेका थिए । तर नदिनमा पौडी खेल्ने उनको बानीमा परिवर्तन आएन । उनको दैनिकी नै नदिनमा जाने माछा हेर्ने र पौडने काममा बित्न थालेको थियो । छिमेकीहरु पनि बिर्खरामको आयु दिगो नहुने भन्दै गिज्याइरहेका थिए । तर बिर्खराम अहिले तिला दिनमा रिभरगाइड बनेर र्याप्टिङ चलाइरहेको देख्न थालेपछि छिमेकीहरु पनि दंग छन् । उनी हरेक दिन दुई ट्रिप पर्यटकहरु नदिमा घुमाइरहेका छन् ।
उनी कर्णालीको पहिलो रिभर गाइड भएकोले पनि गर्व गर्छन । अहिले धेरै जन्मिसकेका छन्,उनले भने,‘पहिले रिभर गाइड बनेको सुन्दा पनि सबै अचम्म मानिरहेका हुन्थे । उनका दौतरीहरु त्यही र्याफटिङ चढिरहेका हुन्छन् । आफुले पनि साहसिक पर्यटन सघाउन पुर्याइरहेको देख्दा मन प्रफुल्ल हुन्छ । सानै देखि गरीबीको पहाडले थिचिएका बिर्खराम कक्ष ५ सम्म मात्र औपचारिक शिक्षा पढेका हुन । उनी उमेरले छिपिदै जाँदा परिवारको जिम्मेवारी बढ्न थाल्यो । फलस्वरुप उनी सन २००१ मा कामको शिलशिलामा भारत हानिए । भारतको उत्तराखण्डको गंगा नदिमा चलेको र्याफ्टीङ क्याम्पहरुमा वयटरको भुमिकामा रहे ।
बेरोजगारी समस्याले थिलोथिलो बनेको बेला कालापहाड नै थियो, रोजगारीको अवसर पनि । जुम्ला रहंदा उनले न र्याफ्टिङ देखेका थिए । न त यात्रु बोकेर नदिनमा चलेको नै हेरेका थिए । उनले टन्न यात्रु लिएर नदिमा चलिरहेको देख्दा अचम्मित हुन्थे । तर नदिनमै खेले र पौडेको हुनाले रिभरगाइड बन्ने चाहनाले भित्रभित्रै कुत्कुत्याइरहेको थियो । अन्य रिभरगाइडहरु संग परामर्श गरेर उनी पनि तालिम लिन थाले । उनले तीन बर्षको तालिम लिए ।
अधिकांस नेपालीहरु भारतमा कुल्ली काम गरिरहेका हुन्छन् । संयोगवश उनले र्याफटिङ क्षेत्रमै काम गर्ने अवसर प्राप्त गरे । जब उनी रिभरगाइड बने तब नदिहरुमा भविष्य देख्न थाले । उनले भने,‘हरेक नदिहरुमा भविष्य छ । तर त्यो भविष्य हामीले देखिरहेका छैनौं । ’
आफु पौडेको र खेलेको तिला नदिमा सन २०१२ मा गुठिचौरको गज्र्यांङकोट देखि तिलाको नाग्म सम्मको झण्डै ४५ किलोमिटर दुरीमा काइकिङ गरेर रेक्की गरे । उनले तिलामा र्याफिटङको संभावना उच्च रहेको निष्कर्ष निकाल्दै भारत हानिए । किनकी उनी भारतका नदिहरुमा र्याफिटङ चलाइरहेका थिए । तिलामा उतिबेला र्याफिटङ नै थिएन ।
उत्तराखण्डको गंगा,अलगनन्दा,भागरथी,मन्दाग्नी,लदाकको इन्डक्स झास्को र सर्चु हिमान्चलको वयास,पार्वती र साउथ इन्डियाको कुण्डली रिभरमा गाइड बनेर र्याफ्टिङ चलाइरहेका थिए । उनले झण्डै १५ बर्ष भारतमा रिभर गाइडको रुपमा काम गरे । भारतीय नदिहरुमा संगाहलेको अनुभव अहिले नेपाली नदिहरुमा लागु गरिरहेका छन । ६ बर्ष देखि बिर्खराम नेपालका नदिहरुमै चलिरहेका छन ।
त्रिशुली, भोटेकोशी,मस्र्याङदी,सुनकोशी,बलेफी,कालीगण्डकी,सेती,कर्णाली र तिला नदिनमा सिजनेवल र्याफ्टिङ चलाइरहेका छन । चढ्ने यात्रु र नदिहरुमा सफल रुपमा यात्रा गर्दा औधि खुसी हुने गरेका छन । पानी देखि डराउने र स्वास्थ्य समस्या भएका व्यक्तिहरु र्याफिटङमा सरिक नहुन पहिले नै सुझाउने गरेका छन । भविष्यमा नेपालका नदिनहरुमा काम गर्न सकिन्छ र रोजगारीका लागि विदेशीनु पर्देन भन्ने हेतुले रिभर गाइड बनेको अनुभव उनको छ ।
उनलाई अहिले पनि रिभरगाइडको रुपमा काम गरिदिन भन्दै फोन आइरहनछन् । तर उनले हरेकलाई तिला नदिमा चलाइरहेको भन्दै आन्तरिक पर्यटकको रुपमा आउन निम्तो दिने गरेका छन । उनले भने,‘हामी गरिब होइनौ र छैनौं तर गरिब बनाइएका छौं । अब नदिनाला,ताल तलैया,मठमन्दिर जस्ता पर्यटकीय गन्तब्यहरुको महत्व दर्शाएर आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षित गर्ने बेला आइसकेको छ । ’
चार बर्ष अघि कोरोना महामारी फैलियो । सामाजिक तथा ब्यक्तिगत दुरी कायम गरेर बस्नुपर्दा सबै दिक्क बनिरहेका थिए । ठीक यही समयमा जुम्लाका पर्यटन व्यवसायी ललित महतले दुई वटा र्याफिङ भित्र्याए । उनी रिभरगाइडको भुमिकामा रहेर काम गर्न थाले । अहिले सम्म चार सिजन चलाइरहेका बिर्खरामले एक हजार भन्दा बढि पर्यटकहरु तिला नदिनमा घुमाइसकेका छन ।
मन्त्री देखि सांसद, व्यवसायी देखि सर्वसाधारण सबैले तिला नदिनमा र्याफ्टिङ चढेका छन । कर्णालीको डुंगेश्वर देखि चिसापानी सम्म ८ दिनको ट्रिप समेत उनले चलाइसकेका छन । जम्लामा १४ फिटको बढीमा ८ जना राख्न मिल्ने र्याफटिङ ल्याइएको छ । उनले भने,‘तिला नदि सिजनेवल र्याफिटङको लागि उपयुक्त छ । यो समयमा सबैको ध्यान खिच्न जरुरी छ । ’
उनी हरेक ट्रिपको पैसा लिन्छन् । कहिलेकाही दैनिक दुइ ट्रिप चलाउनुपर्ने हुन्छ । प्रति ट्रिप तीन हजार रुपैयाँ पारीश्रमिक लिने गरेका उनले दुइट्रिप चले ६ हजार पारीश्रमिक पाउने गरेका छन । र्याफटिङ चढ्नेहरुले प्रतिव्यक्ति दुई हजार देखि पच्चीस सय सम्मको रकम तिर्नुपर्छ ।
असार देखि भदौं सम्म तिला नदिनमा र्याफ्टिङ चल्दै आएको छ । दुइ दाजुभाइ र दुइ बहिनी र आमा बुवा गरेर ६ जनाको परिवार उनले रिभर गाइड बनेर पालिरहेका छन । उनको काम प्रति परिवारहरु पनि निकै खुसी छन् ।
उसो त उनको एक छोरा एक छोरी कैलास बोडिङ स्कुलमा पढिरहेका छन् । बिर्खरामले भने,‘गरिबीले पढ्न दिएन् । अब छोराछोरीलाई राम्रो स्कुलमा पढाएर ठुलो मान्छे बनाउने धोको छ । ’ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन रिभर भेस्टिबल आवश्याक रहेकोमा जोड दिए । उनले रिभर गाइड उत्पादन,र्याफ्टिङको संख्या बढाएर प्रतिश्पर्धा नै गराउनुपर्ने बताए । अनिमात्र कर्णालीमा पर्यटक भित्र्याउन सकिन्छ,उनले भने ।
उनले भने,‘तिला नदिनमा डलर बगिरहेको छ । हामीले छोप्न सकिरहेका छैनौं । ’सन २००८ मा भारतको कुमाल गडवालमा रहेको काली नदिनमा उनले एसीयली कायक प्रतियोगितामा भाग लिए । उनी प्रथम भए । २०१४ मा भारतको करेला नदिमा अन्तराष्ट्रिय कायक प्रतिश्पर्धा भयो । उनी तेस्रो बने ।२०१५ मा गंगा नदिमा भएको र्याफ्टिङ प्रतिश्पर्धामा तेस्रो स्थानमा आए ।
उनले भने,‘ति प्रतिश्पर्धाहरुले झनै रिभर गाइडको भुमिकामा अडिग रहन मद्धत गरे । शरीरमा एक थोपा रगत र एक मुठि साहस रहुन्जेल सम्म रिभरगाइड भइरहने उनको चाहना छ । उनले पर्यटकीय गाइडलाइनमा तिला नदिलाई पार्न सक्दो प्रयास गर्ने उनको भनाइ छ । कक्षा ५ पढेका बिर्खरामले रयाफ्टिङ गर्नुुपुर्व सेफ्टी ब्रिफ अंग्रेजीमै गर्दा सबै मख्ख हुन्छ्न ।
खुसी बनाएर र्याफिटङ चढाइरहेका छौं । उनीहरुको घर सम्म सुरक्षित रुपमा पुर्याउने गरेका छौं । उनले तिला नदिलाई र्याफटिङ पर्यटनको गन्तब्य बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

Next Post

स्याउ पाकेर राताम्य जुम्ला

३० श्रावण २०८१, बुधबार २१:०५
स्याउ पाकेर जुम्ला राताम्य बनेको छ । हरेक स्याउ बगैंचामा स्याउ लटरम्म फलेका छन । जुम्लामा रेड,रोयल र गोल्डेन जातको स्याउ फल्ने गरेको छ । स्याउ पाकेसंगै बगैंचामा ब्यापारीहरुको चहलपहल बढेको छ । किसानहरु स्याउ टिप्न थालेका छन । ब्यापारीहरु स्याउ खरिदको लागि बगैंचामै पुग्न थालेका छन । जुम्लाको प्रमुख […]