स्याउ पाकेर राताम्य जुम्ला

  ।   १ भाद्र २०८१, शनिबार १५:३९

स्याउ पाकेर जुम्ला राताम्य बनेको छ । हरेक स्याउ बगैंचामा स्याउ लटरम्म फलेका छन । जुम्लामा रेड,रोयल र गोल्डेन जातको स्याउ फल्ने गरेको छ ।
स्याउ पाकेसंगै बगैंचामा ब्यापारीहरुको चहलपहल बढेको छ । किसानहरु स्याउ टिप्न थालेका छन । ब्यापारीहरु स्याउ खरिदको लागि बगैंचामै पुग्न थालेका छन । जुम्लाको प्रमुख आम्दानीको स्रोत मानिएको स्याउ जिल्ला बाहिर निर्यातको लागि स्थानीयतहले सिफारीस दिन सुरु गरेका छन ।
जिल्ला कृषि विकास कार्यालय जुम्ला र स्थानीयतहहरुले भदौ पहिलो साता सम्म स्याउ नटिप्न सुचना जारी गरेका थिए । कतिपय किसानले सुर्खेत नेपालगञ्ज सम्म स्याउ पठाइसकेका छन । प्रतिकेजी बगैंचामै ७० रुपैयॉमा स्याउ बेचेको तिला ७ की लक्ष्मी रोकायाले बताइन् ।
उनका अनुसार यो पटक स्याउले छिटो कलर दिएको हो । गाउ‘ स्याउ टिप्न किसानहरुलाई भ्याइनभ्याइ छ । उनले भनिन्,‘यो बर्ष स्याउको उत्पादन पनि ठिकै भयो । मुल्य पनि पायो ।’ स्याउ किसानको लागि सरकारहरुले खेलॉची गरेको आरोप किसानको छ ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार ३ हजार ९ सय हेक्टरमा जुम्ली स्याउ रोपिएको छ । झण्डै १९ हजार घरधुरीमा स्याउ बगैंचा छ । यो पटक १५ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । कृषि प्रमुख बालकराम देवकोटाले भने,‘ आठ हजार मेट्रिकटन स्याउ जिल्ला बाहिर निर्यात हुने अनुमान गरिएको छ । जसबाट यो बर्षमा ४० करोड आम्दानी हुने देखिएको छ । ’
जिल्ला कृषि विकास कार्यालय जुम्लाको बगैंचा व्यवस्थापनका लागि कृषि प्राविधिकहरु बगैंचामै पठाउने गरेको छ । मलखाद्यको व्यवस्थापन देखि कॉटछॉट गर्न पनि प्राविधिकहरु स्याउ किसानहरु संगै खटिइरहेका हुन्छन् ।
प्रमुख देवकोटाका अनुसार जुम्ली स्याउ सुर्खेत,नेपालगञ्ज,बुटवल,भैरहवा,काठमाडौं लगायतका सहरहरुमा जाने गरेको छ । स्याउको भण्डार र बजारीकरणको लागि राज्यले चासो नदेखाएको किसानहरुको गुनासो छ । स्याउ ढुवानी गर्ने कर्णाली राजमार्ग हिलाम्य र धुलाम्मे हुने भएकोले निर्यात गर्न असहज भइरहेको स्याउ ब्यापारी कृष्ण बुढाले जानकारी दिए ।
जुम्ली स्याउको माग अधिक छ, उनले भने,‘सहजै बजार सम्म स्याउ लैजानको लागि बाटो राम्रो छैन । सरकार जुम्ली स्याउको बजारीकरणको लागि उदासिन छ । ’ एक बगैंचा हुनको लागि न्युनतम २५ विरुवा स्याउ रोपेको हुनुपर्छ । कुनै पनि केमिकल प्रयोग नहुने भएकोले जुम्ली स्याउलाई अर्गानिक स्याउ समेत भन्ने गरिएको छ । जुम्लाले पछिल्लो समयमा स्याउका विरुवा र दाना बेचिरहेको छ ।

Next Post

जुम्ला कारागारमा निशुल्क स्वास्थ्य शिविर

१ भाद्र २०८१, शनिबार १५:३९
जिल्ला कारागार जुम्लामा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा निशुल्क रुपमा स्वास्थ्य परीक्षण गरिएको हो । सबै कैदीबन्दीलाई एकैपटक अस्पताल पुर्याउन नसकिने भएकोले शिविर चलाएर स्वास्थ्य जॉच गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी प्रहरी निरीक्षक उमेश […]

सम्बन्धित