जुम्ला कारागारमा निशुल्क स्वास्थ्य शिविर

  ।   १ भाद्र २०८१, शनिबार १५:४२

जिल्ला कारागार जुम्लामा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा निशुल्क रुपमा स्वास्थ्य परीक्षण गरिएको हो ।
सबै कैदीबन्दीलाई एकैपटक अस्पताल पुर्याउन नसकिने भएकोले शिविर चलाएर स्वास्थ्य जॉच गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी प्रहरी निरीक्षक उमेश चन्दले जानकारी दिए ।
शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरु खटिएका थिए । कारागारमा रहेका कैदीबन्दीहरुको स्वास्थ्य अवस्था जानकारी लिन,स्वास्थ्य सेवाको पहु“च बढाउन र कैदीबन्दीहरु बसेर्क स्थानबाट आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न शिविर चलाइएको हो । कैदीबन्दीहरुको स्वास्थ्य परीक्षण कार्यलाई नियमित बनाउने जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
स्वास्थ्य शिविरमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे लगायतको टोली कारागार पुगेको थियो । स्वास्थ्य परीक्षणले कैदीबन्दीहरुको स्वास्थ्य समस्या पहिचान भएको छ । उनले भने,‘उनीहरुलाई रोग अनुसारको औषधि प्रयोग गर्न पनि सहज हुनेछ । ’
कुनै जटिल प्रकारका रोगहरू समयमा नै पत्ता लगाइ अस्पताल र उपयुक्त विशिष्टिकृत अस्पतालमा पठाउन स्वास्थ्य शिविरले महत्वपुर्ण काम गर्ने उनको भनाइ छ । कैदीबन्दीहरूको सामूहिक बसाइ, खानपान तथा जीवनशैलीलाई परिमार्जन गर्दे व्यक्तिगत सरसफाइ, खानपिन, जीवनशैलीमा सुधार ल्याउने समेत यो शिविरले सहयोग पुगेको उनले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख गौरनन्द आचार्यले कारागार भित्र कैदीबन्दीलाई लक्षित गरी स्वास्थ्य जॉचको व्यवस्था मिलाउन राम्रो पक्ष भएको बताए । कैदीहरूको लागि नियमित स्वास्थ्य परीक्षण,मनोरञ्जन देखि खेलकुदका क्रियाकलापमा बढि जोड दिनुपर्ने तर्क उनको छ । कैदीबन्दीहरुलाई सकरात्मक सोच बनाउनु आग्रह गरे ।
जुम्ला कारागारमा रहेका १ सय २३ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण भएको चिकित्सकहरुले बताएका छन । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डाक्टर राकेश कुमार यादवकाले चिकित्सक नै कारागार भित्र गएर स्वास्थ्य परीक्षण गर्दा कैदीबन्दीहरु उत्साहित भएको बताए । उनीहरुमा ग्याष्ट्रिक,मानसिक समस्या,श्वासप्रश्वास र एलर्जीको समस्या देखिएको छ । परीक्षणको क्रममा कैदीबन्दीहरुमा खासै ठूलो स्वास्थ्य समस्या देखिएको छैन,उनले भने,‘नियमित स्वास्थ्य परीक्षणको कार्य भइरहनुपर्ने हुन्छ । ’
प्रहरी नायब उपरीक्षक डिएसपी छेदीलाल कामतीले कैदीबन्दीको स्वास्थ्य समस्या प्रति संवेदनशील बनेको बताए ।

Next Post

चट्याङ लागेर तिर्थालुको मृत्यु

१ भाद्र २०८१, शनिबार १५:४२
 जुम्ला देखि मुगुको क्रृणमोक्ष तीर्थस्थलमा पुजापाठ गर्न गएका एक तिर्थालुको चट्याङ लागेर मृत्यु भएको छ । क्रृणमोक्ष तीर्थस्थलबाट घर फर्किने क्रममा बाटोमा चट्याङ लागेर पातारासी १ गडिगाउँका धनसुर बुढाको मृत्यु भएको हो । मृतक बुढा हाल चन्दननाथ नगरपालिका १ स्थित हिमालय खत्रीको घरमा बस्दै आएका थिए । जुम्ला र मुगुको […]

सम्बन्धित