चट्याङ लागेर तिर्थालुको मृत्यु

  ।   १ भाद्र २०८१, शनिबार २०:१३

 जुम्ला देखि मुगुको क्रृणमोक्ष तीर्थस्थलमा पुजापाठ गर्न गएका एक तिर्थालुको चट्याङ लागेर मृत्यु भएको छ । क्रृणमोक्ष तीर्थस्थलबाट घर फर्किने क्रममा बाटोमा चट्याङ लागेर पातारासी १ गडिगाउँका धनसुर बुढाको मृत्यु भएको हो ।

मृतक बुढा हाल चन्दननाथ नगरपालिका १ स्थित हिमालय खत्रीको घरमा बस्दै आएका थिए । जुम्ला र मुगुको नाका भेरीपाटनमा पुगिसकेपछि चट्याङ लागेको थियो । उनीसंगै गएका अन्य दई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

यो मौसममा तिर्थालुहरु क्रृणमोक्षमा आउजाउ गरिरहेका हुन्छन् । पातारासी गाउँपालिका अध्यक्ष पुर्णसिंह कठायतले चट्याङ लागेर तिर्थालुको मृत्यु हुनु दुःखद भएको बताए । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उमेश चन्दले शुक्रबार चट्याङ लागेर बुढाको मृत्यु भएको बताए । उनका अनुसार दिउसो ३ः३० मा चट्याङ परेको थियो ।

Next Post

नितिगत रुपमा कर्णाली विभेद र अन्याय

१ भाद्र २०८१, शनिबार २०:१३
नरेन्द्र नाथ योगी, एकात्मक राज्य सत्ताको विभेदकारी निति,कार्यशैली,सोच र व्यवहारले उपेक्षीत कर्णालीको भु–भाग माथि आज पनि त्यस्तै भै राख्या छ । कर्णालीमा आफनो बस्वर्च कायम राखी राख्न खस मल्ल राजाहरुले १३ औ शताब्दीमा १३ पटक उपत्यका तथा गोर्खालीहरु माथि आक्रमण गरेर निदहराम गरेका थिए,थिए । त्यसमा पनि लगातार सात सात […]