जोडजामको सरकार बनाउन खोजियो : प्रधानमन्त्री ओली

  ।   ११ माघ २०७७, आईतवार २०:०२

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड माधव समुह बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने खेल शुरु गरेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदमा जागिर खाना चाहनेहरूले संसद लम्ब्याउन खोजेको बताए ।
उनले भने,‘स्थिरता हुन नदिने र बहुमतको सरकारको तोडेर जोडजामको सरकार बनाउन खोजियो, संसदमा ५ वर्ष जागिर खान पाउनुपर्छ भन्ने ? सांसद भनेको जागिर हो ? पाँच वर्ष जागिर खान पाउनुपर्छ भन्ने उनीहरूको तर्क छ । ,’
संसद जागिर खाने थलो नभएको उनले बताए । प्रधानमन्त्री ओलीले स्थिरताका लागि चुनावमा जाने निर्णय गरिएको पनि दाबी गरेका छन् ।

Next Post

कर्णाली प्रदेश प्रहरी कार्यालयमा अर्जुन चन्द ठकुरी

११ माघ २०७७, आईतवार २०:०२
काठमाडौं । गृह मन्त्रालयले गत शुक्रबार गरेको निर्णय अनुसार हालै प्रहरी उपरीक्षक (एसपी)बाट बढुवा भएका ११ जना एसएसपीको पदस्थापन गरेको हो। कृष्णकुमार महतको नेपाल प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखा नक्सालमा पदस्थापन भएको छ। गोविन्दकुमार साहको प्रदेश १ प्रहरी कार्यालय विराटनगर, मोरङ अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखामा र उमाशंकर […]