सांसद राेकायाकाे एक महिनाको तलब अग्निपीडितलाई

  ।   १५ माघ २०७७, बिहीबार १५:१९


कर्णाली प्रदेश जुम्ला (ख) का प्रदेश सभा सदस्य पदमबहादुर राेकायाले एक महिनाको तलब अग्नि पीडितलाई उपलब्ध गराएका छन । उनले अग्नि पीडितलाई गाउँमै पुगेर एक महिनाकाे तलब दिएका हुन ।
उनले तलब स्वरूप अाउने ४२ हजार रूपैयाँ अग्नि पीडितलाई दिएका हुन ।
कर्णाली प्रदेशका अान्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीकाे नेतृत्वमा वीरेन्द्रनगरबाट राहत लिएर जुम्ला तिला गाउँपालिका ७ गाेठी गाउँमै गएकाे बेला सांसद राेकायाले नगद दिएका हुन ।
सांसद राेकायाले भने´अग्नि पीडितलाई सहयाेग गर्न पाउँदा खुसि नै छाैं । अागामी दिनमा अाफुले सक्ने सबै सहयाेग गर्न तयार छु । हरेक जनताको दुखमा मलहम लगाउने प्रण गर्छु ।`
अग्नि पीडितका समस्या धेरै छन । याे समस्या समाधानका लागि सरकारकाे ध्यानाकर्षण गराउने वचन दिदै सांसद राेकायाले थपे,´ याे सहयाेग गर्ने सुनाैलाे अवसर हाे ।सबै सहयोगी हातहरू एकजुट हुन जरुरी छ ।`
अग्नि पीडितलाई चामल,कम्वल,भाडाकुडा जस्ता तत्काल अावश्यक पर्ने सबै सामाग्री दिईएकाे थियाे ।

Next Post

जुम्लाको मार्सी चामल अब ‘नेपाल फुड’

१५ माघ २०७७, बिहीबार १५:१९
काठमाडौँ — जुम्लाको मार्सी चामल अब ‘नेपाल फुड’ ब्रान्ड बनेको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नै मार्सीलाई ब्रान्डिङ गरेको हो । यसका लागि पहिलो चरणमा सुर्खेतबाट खरिद गरिएको २ सय ७० क्विन्टल मार्सी चामल काठमाडौं ल्याएर प्याकेजिङ भइरहेको कम्पनीका बिक्रीवितरण विभाग प्रमुख भीम थापाले बताए । दोस्रो चरणमा कम्पनीले […]