ढुक्क हुनुहोस, अग्नि पीडितका घर बन्छन् : मुख्यमन्त्री शाही

  ।   २१ माघ २०७७, बुधबार १९:५१

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जुम्ला तिला गाउँपालिका ७ गोठीगाउँका अग्नि पीडितको घर निर्माण गर्ने बताएका छन् । मुख्यमन्त्री शाहीले आगलागीले बस्ती नै सखाप हुनु निकै दुखद भएको बताउँदै अग्नि पीडितको घर निर्माण हुनेमा ढुक्क हुन आग्रह गरे ।
तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढाको नेतृत्वमा मुख्यमन्त्री कार्यालयमा पुगेको जनप्रतिनिधिको टोली संग मुख्यमन्त्री शाहीले अग्नि पीडितको वास्तविक अवस्था बारे जानकारी लिएका थिए । उनले भने,‘ढुक्क हुनुस, अग्नि पीडितका घर निर्माण हुन्छन् । कर्णाली सरकारले बनाइदिन्छ । यो सन्देश लिएर अग्नि पीडित समक्ष पुर्याइदिनु होला । ’
हामीले मुख्यमन्त्री भेट्यौँ,मुख्यमन्त्रीले घर निर्माण गरिदिने भन्नु भएको छ भन्नुहोला,मुख्यमन्त्री शाहीले थपे,‘ यही खबर लिएर जानु होला । अग्नि पीडितको पिडामा मलहम पट्टी लगाउन प्रदेश सरकार तयार छ । ’ अग्नि पीडितको तत्काल उद्धार र राहतको लागि प्रदेश सरकार संवेदनशिल बनेको बताउँदै उनले अब अग्नि पीडितको घर प्राथमिकतामा पर्ने बताए ।
गत माघ १३ गते साँझ साढे ५ बजे घरमा खाना पकाउने क्रममा चुलोबाट आगोको झिल्को निस्केर घाँसमा पुग्दा जुम्ला तिला गाउँपालिका ७ गोठीगाउँमा आगलागी भएको थियो । आगलागीबाट २६ घर पुर्ण रुपमा जलेर नष्ट भएका छन् । ३ घरमा आंशिक रुपमा क्षति पुगेको छ ।
अग्नि पीडितको आवास निर्माण लगायतका विकास निर्माण सम्बन्धि माग लिएर उपाध्यक्ष बुढा सहित वडा नं. ७ का वडाध्यक्ष हस्तबहादुर बुढा, वडा नं. ८ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता सन्तबीर रावत, वडा नं. ९ का वडाध्यक्ष शेरबहादुर बोहोरा र स्वास्थ्यकर्मी उत्तम देवकोटा मुख्यमन्त्री कार्यालयमा पुगेका थिए ।
मुख्यमन्त्री शाहीले समग्र कर्णालीको विकासका लागि स्थानीय सरकार संग सहकार्य गरेर अघि बढ्ने बताए । उनले भने,‘अहिले तीन तहको सरकार छ । यी तिनै तहको सरकारको आ आफ्नो कार्यक्षेत्र छ । तर सबै एक आपसमा जोडिएका पनि छन । अब कर्णालीको विकासमा कर्णाली सरकार संवेदनशिल बनेर अघि बढेको छ । ’ जनप्रतिनिधिको टोलीलाई मुख्यमन्त्री शाहीले जनताको आवश्यकताका आधारमा योजना तर्जुमा गर्न आग्रह गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आगलागीबाट ३ करोड रुपैयाँ भन्दा बढि क्षति भएको छ ।

Next Post

दाहाल-नेपाल समूहद्वारा आन्दोलनका कार्यक्रमहरु घोषणा

२१ माघ २०७७, बुधबार १९:५१
काठमाडौँ — प्रतिनिधिसभाको असंवैधानिक विघटन र संवैधानिक नियकामा सिफारिस गरिएकाहरुलाई शपथ ग्रहण गराएर खटाएपछि नेकपाको दाहाल-नेपाल समूहले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । बुधबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिकी सह-संयोजक पम्फा भुसालले पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आम हड्तालको घोषणा गरिएको बताइन् । देशभर आम हड्ताल गर्नु आफूहरुको […]