जनकपुरमा प्रहरी र बन्दकर्ताबीच झडप, पूर्वमन्त्री झा घाइते

  ।   २२ माघ २०७७, बिहीबार १४:५३

नेकपा (दहाल-नेपाल पक्ष) ले आह्वान गरेको आमहड्तालको क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा नेकपा (दाहाल-नेकपा पक्ष) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झाको टाउको फुटेको छ।  उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।

झडपका क्रममा केही गाडीमा समेत तोडफोड भएको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको जनाएको छ।

Next Post

आन्दोलनकारीले सडकमै खाए

२२ माघ २०७७, बिहीबार १४:५३
काठमाडौँ — पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाले बिहीबार देशव्यापी आमहड्ताल आह्वान गरेको छ । हड्तालका क्रममा दाहाल-नेपालसहित नेकपाका शीर्ष नेता नै सडकमा उत्रिएका छन् । दाहाल–नेपाल समूहका कार्यकर्ताले सडकमा गाडीसमेत चल्न रोक लगाइरहेका छन् । केही ठाउँमा नेकपा कार्यकर्ताले गाडी, मोटरसाइकलसमेत जलाइदिएका छन् । त्यस्तै कोटेश्वर चोकमा सडकछेउमा खाना पकाएर […]