कार्यसम्पादन मुल्यांकनमा जुम्लाको कनकासुन्दरी पहिलो

  ।   १० फाल्गुन २०८०, बिहीबार ०७:५६

जुम्लाको कनकासुन्दरी गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा पहिलो भएको छ । जिल्लाका एक नगरपालिका र सात गाउँपालिका मध्ये कनकासुन्दरी गाउ‘पालिका पहिलो बनेको हो । प्राकृतिक स्रोत तथा वित्ति आयोगले गरेको कार्यसम्पादन मुल्यांकनका आधामा कनकासुन्दरीले १७ वटा सुचकमा आधारित भएर मुल्यांकन गर्दा सबैभन्दा धेरै अंक ल्याएको हो ।
वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार कनकासुन्दरी गाउँपालिकाले ३६ दशमलव ३५ अंक ल्याएर पहिलो भएको छ । दोस्रोमा चन्दननाथ नगरपालिका र तेस्रोमा हिमा गाउँपालिका आएको छ । उनीहरुले क्रमश:३४ दशमलव ९४ र ३२ दशमलव १४ अंक प्राप्त गरेको छ ।
यसैगरी सिंजाले ३१ दशमलव ६१,तिलाले ३० दशमलव ०१, तातोपानीले २९ दशमलव ७५, गुठिचौरले २५ दशमलव २४ र सबैभन्दा कम पातारासी गाउँपालिकाले १८ दशमलव २२ अंक प्राप्त गरेको प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनको तथ्यांकमा उल्लेख गरिएको छ । असार १० भित्र बजेट ल्याए/नल्याएको, ३० असार भित्र बजेट पास गरे/नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिए/नदिएको लगायतका आधारमा स्थानीयतहको मूल्याकंन गरिएको थियो ।
स्थानीय तहले आगामी आवको आय व्ययको प्रक्षेपण सहितको अनुमानित विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पठाए/नपठाएको, स्थानीय तहले बजेटको वार्षिक समिक्षा कात्तिक मसान्त भित्र सार्वजनिक गरे/नगरेको जस्ता आधारमा पनि अंक दिएको आयोगले जनाएको छ ।
आन्तरिक राजस्व संकलनको प्रक्षेपित लक्ष्य, आन्तरिक राजस्व संकलनको विवरण, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) को प्रयोग लगायतका पक्षमा पनि मुल्यांकन हुने गरेको छ । स्थानीय तहले अधिकार क्षेत्र भित्र स्थानीय स्तरको विकासका लागि आवधिक योजना तर्जुमा गरे/ नगरेको पनि मूल्यांकन वित्त आयोगले गरेको छ । स्थानीय तहमा विद्यालय भर्ना भएका बालबालिकाको संख्या, सामुदायिक विद्यालयबाट एसईईमा ल्याएको ग्रेडिङ, गर्भ जॉच, प्रसूति संख्या, बालबालिकाको संख्या, पूर्ण खोप पाएका बालबालिकाको संख्यालाई समेत सूचकमा राखिएको थियो ।
यी सुचकमा गरिएको मुल्यांकनका आधारमा धेरै स्थानीयतहले ५० भन्दा कम अंक ल्याएका छन । कर्मचारी र जनप्रतिनिधिको समन्वय र सहकार्यको माध्यमबाट काम गर्दा पालिकाले यो नतिजा हासिंल गरेको कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्याले भनाई छ । उनले पालिकाले पुरा गरेको सुचकहरुको राम्रो मुल्यांकन भएको समेत बताए । उनले भने,‘जनताको साथ,कर्मचारीहरुको अथक मेहनत र जनप्रतिनिधिको निरन्तरको लगावले पालिका जिल्लाकै पहिलो भएको हो । ’

Next Post

उत्पादनमा जोडियो नेत्रविक्रम चन्द नेतृत्वको नेकपा

१० फाल्गुन २०८०, बिहीबार ०७:५६
डीबी बुढा,जुम्ला । नेत्रविक्रम चन्द (बिप्लव सी) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उत्पादन संग जोडिएको छ । पार्टीलाई तीन बर्षमा आत्मनिर्भर बनाउने हेतुले उत्पादनका क्रियाकलापहरुमा जोडिएको हो । जुम्लाको हिमा गाउ‘पालिका ७ स्थित गाडुल्यमा स्याउको बगैंचा स्थापना गरेर उत्पादनका क्रियाकलापमा सहभागि बनेको सन्देश दिएको हो । महासचिव चन्दले आत्मनिर्भर पार्टी, आत्मनिर्भर […]