गाउँ नै आगो लगाउने पक्राउ

  ।   २७ चैत्र २०७७, शुक्रबार १६:१८

जुम्लाको तिला गाउँपालिका ९ ढिपु गाउँको मुल्लीमा आगो लगाउने एक जना पक्राउ परेका छन । अनुसन्धानका क्रममा सोही गाउँका तेजबहादुर बोहोराले गाउँमा आगो लगाएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको हो ।
यही चैत २१ गते उनले मुल्ली बस्तीमा आगो लगाएका थिए । आगलागीबाट २९ घर पुर्ण रुपमा जलेका थिए । १५ घरमा आंशिक क्षति भएको थियो । पक्राउ परेका तेजबहादुरले व्यक्तिगत रिसिइबीका कारण जैसिके बोहोराको घरमा आगो लगाउँदा पुरै बस्ती जलेको बताएका छन ।
प्रहरी नायव उपरिक्षक डिएसपी दानबहादुर थापाले निज बोहोरालाई पहिलोपटक जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप भइ अनुसन्धान भइरहेको बताए ।
यसअघि जुम्ला तिला गाउँपालिका ७ को गोठी गाउँमा आगलागी हुँदा २९ घर नष्ट भएका थिए । पशु चौपाय र अन्नपात सबै जलेर नष्ट भएको थियो । मुल्ली बस्तीमा पनि मानवीय, पशुचौपायको क्षति नभएपनि अन्नपात पुर्ण रुपमा जलेको वडाध्यक्ष शेरबहादुर बोहोरा बताउँछन ।

Next Post

बालिकामाथि जबरजस्ती करणी प्रयासपछि हत्या

२७ चैत्र २०७७, शुक्रबार १६:१८
कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा एकजना बालिकाको जबरजस्ती करणी प्रयासपछि हत्या भएको छ । सोरु गाउँपालिका–८, तारापानीकी ९ वर्षीया बालिकाको गत शनिबार जबरजस्ती करणीको प्रयासपछि हत्या भएको हो । शनिबार (२१ गते) साँझ दिशा गर्न गएकी बालिकालाई सोही ठाउँका २० वर्षीय प्रवेश रावलले बालिकालाई जबरजस्ती करणी गर्न खोजेका थिए । […]