तिला गाउँपालिकाको नविनिर्मित भवनमा एमालेको झण्डा

  ।   ४ बैशाख २०७८, शनिबार १९:४५

जुम्लाको तिला गाउँपालिकाको नवनिर्मित सरकारी भवनमा नेकपा एमाले केपी ओली पक्षधर कार्यकर्ताले पार्टीको झण्डा गाडेका छन । गाउँपालिका स्तरीय भेलाबाट फर्किने क्रममा सरकारी भवनमा पार्टीको झण्डा राखेका हुन ।
एमालेको झण्डा सरकारी बन्न लागेको भवनमा गाडेपछि सवत्र विरोध भएको छ । यो पार्टी कार्यालय होइन,सरकारी भवन हो,गाउँपालिकाका प्रवक्ता वडा नं. ८ का अध्यक्ष सन्तवीर रावतले भने,‘सरकारी भवनमा पार्टीको झण्डा गाडेर एमाले कार्यकर्ताले गलत गरे । यो कार्य राम्रो होइन । गलत प्रवित्तिको उपज हो । ’
सरकारी कार्यालयमा पार्टीको झण्डा गाडिएपछि नजिकैको रारालिही प्रहरी चौकीका प्रहरीले समेत हेरेर फर्केका छन । कसैको पार्टी र व्यक्तिको लगानीमा भवन निर्माण हुन नलागेको भन्दै सरकारी सामुहिक भवनमा पार्टीको झण्डा गाड्नु गलत भएको स्थानीय बताउँछन ।

Next Post

कर्णाली प्रदेश सरकार पुनर्गठन, तीन मन्त्री नियुक्त

४ बैशाख २०७८, शनिबार १९:४५
सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । शुक्रबार मात्रै प्रदेशसभा बैठकमा विश्वासको मत लिएका मुख्यमन्त्री शाहीले तीन जना मन्त्री नियुक्त गरेका हुन् । नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त […]