दाउन्नेको भिरबाट बस खस्यो, ४ को मृत्यु

  ।   ५ जेष्ठ २०७८, बुधबार १०:२२

बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको दाउन्नेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ४९ जना घाइते भएका छन् । काठमाडौंबाट रुकुम पश्चिम आउँदै गरेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको खुर्सानी खोलामा बुधबार बिहान दुर्घटना भएको हो ।

डिएसपी राजु लामाका अनुसार मृतकहरुमध्ये रुकुम पश्चिमका ३६ वर्षीय धनराज घर्ती र २७ वर्षीया कल्पना पुनको मात्र सनाखत भएको छ ।

घाइतेहरुको पश्चिम नवलपरासीको चिसापानी सामुदायिक अस्पताल लगायतका स्थानमा उपचार भइरहेको डिएसपी लामाले जानकारी दिए । सामान्य घाइते अवस्थामा रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बस सडकबाट करिब १५० मिटर तल खसेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केसीले दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

Next Post

भारी वर्षाको सम्भावना छ, यातायात क्षेत्र प्रभावित हुनसक्छ

५ जेष्ठ २०७८, बुधबार १०:२२
काठमाडौं । अरब सागरमा विकसित भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले बताएका छन् । केही स्थानमा अति भारी वर्षा पनि हुने भएकाले नदीहरुमा आकस्मिक बाढी आउने र यातायात क्षेत्र प्रभावित हुन सक्ने मौसमविदको पूर्वानुमान छ । जल तथा […]