एमाले स्थायी कमिटी बैठक बस्दै

  ।   ८ जेष्ठ २०७८, शनिबार १२:०४

नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४  बजे बैठक बस्न लागेको हो।

बैठकमा मध्यावधि निर्वाचन, विकसित राजनीतिक परिस्थिति र दलको आन्तरिक जीवन विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिशमा गए राति आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकिसकेकी छन्। रासस

Next Post

विपक्षी गठबन्धनको बैठक सुरु

८ जेष्ठ २०७८, शनिबार १२:०४
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै रुष्ट बनेका विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको सहभागिता रहेको छ । बैठकले प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिबाट चालिएको […]

सम्बन्धित