हिउँमा सेतै एप्रोनधारी चिकित्सक उत्पादन गर्ने सपना साकार भयो : पुर्वमन्त्री भण्डारी

  ।   १ असार २०७८, मंगलवार ०९:३५

कर्णाली प्रदेश सभा सदस्य तथा पुर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णालीको सेतै हिउँमा एप्रोनधारी चिकित्सक उत्पादन गर्ने सपना सकार भएको बताएका छन । राष्ट्यि चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई एमबीबीएस अध्ययनका लागि २० सीटको अनुमति दिएसंगै पुर्वमन्त्री भण्डारीले यस्तो प्रतिक्रिया दिएका हुन ।
उनले भने,‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमविविएस कार्यक्रम संचालन गर्न आधिकारिक स्वीकृति प्राप्त भए पश्चात सेतो हिउँमा सेतै एप्रनधारी चिकित्सक उत्पादन गर्ने सपनाले सार्थकता हाँसिल गर्ने भएको छ । कर्णालीले स्वास्थ्य क्षेत्रमा ऐतिहासिक फड्को मारेको छ । ’
प्रतिष्ठानले चिकित्साशास्त्रमा स्नातकोत्तर तहको अध्यापन गराइरहेको छ । मुलुकलाई एमबीबीएस र बिशेषज्ञ डक्टर उपलब्ध गराउने अवसर कर्णालीलाई मिलेको छ । उनले भने,‘कर्णाली आउ, डक्टर बनेर जाउ भन्ने अवसर प्राप्त भएको छ । यो महान कार्यमा सघाउने समस्तमा हार्दिक धन्यवाद ।’
उनले कम्तीमा २० सिट
कम्तीमा ५० सिट एमबीबीएस अध्यापन अनुमतिका लागि लागि राष्ट्रिय चिकित्सा आयोगमा पटक पटक अनुरोध गरिएको बताउँदै २० सिट प्राप्त भएको बताए । अर्काे शैक्षिक सत्रमा आयोगले सिट संख्या थप्ने प्रतिबद्धता जनाएको छ, कर्णाली प्रतिष्ठानका जन्मदाता समेत रहेको पुर्वमन्त्री भण्डारीले भने,‘अब कर्णालीले दक्ष डक्टर उत्पादन गरेर मुलुकको स्वास्थ्य क्षेत्रको नेतृत्व गर्ने छ ।’ आयोगले बिपिएचमा २०, फार्मेसीमा २०,बिएनमा २० र एमएन मिडवाइफ्रीमा १० सिट दिने निर्णय समेत गरेको छ ।

Next Post

चिनियाँ कम्युनिष्ट पार्टीको नासो बोकेर नेमकिपाका सचिव सुवाल कर्णालीतिर

१ असार २०७८, मंगलवार ०९:३५
नेपाल मजदुर किसान पार्टीका नेता निबर्तमान प्रतिनिधिसभा सदस्य प्रेम सुवाल स्वास्थ्य सामाग्री बोकेर कर्णाली आइपुगेका छन । उनी कोभिड महामारीमा आवश्यक पर्ने मास्क, हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन सहित कर्णाली प्रदेशको जुम्ला पुगेका हुन । चिनियाँ कम्युनिष्ट पार्टीले दिएको स्वास्थ्य सामाग्री कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र जिल्ला कोभिड […]