मन्दिरको जग्गा अतिक्रमण गर्नेहरुको नाम सार्वजनिक,एक हप्ताको अल्टिमेटम

  ।   २५ असार २०७८, शुक्रबार ०८:२२

कर्णालीकै प्रशिद्ध चन्दननाथ भैरवनाथ गुठि समितिले मन्दिरको जग्गा अतिक्रमण गर्नेहरुको नाम सार्वजनिक गरेकोछ । गुठि समितिका उपाध्यक्ष कालीबहादुर थापाको संयोजकत्वमा बनेको उपसमितिले २०७१ जेठ २५ गते गुठि समितिलाई जग्गा अतिक्रमण गरिएको बारे प्रतिवेदन पेश गरेका थिए ।
यही असार ७ गते बसेको गुठि समितिको बैठकले चन्दननाथ भैरवनाथ गुठिको नाममा नापचाँज भएको जग्गामा आफु खुसि अतिक्रमण गरि घर,टहरा,शौचालय आदि निर्माण गरेकोले एक साता भित्र मन्दिरको जग्गा खाली गरिदिनको लागि अल्टिमेटम दिएको छ ।
तोकिएको समयभित्र घर जग्गा खाली नगरेको खण्डमा कानुन बमोजिम अघि बढ्ने चेतावनी दिएको छ । मन्दिरको जग्गा अतिक्रिमण गर्ने व्यक्तिको नाम समेत सार्वजनिक गरेको छ । पटक पटक समितिले ताकेता लगाउँदा अटेर गरेकोले यो अन्तिम पटक आग्रह गरिएको गुठि समितिका उपाध्यक्ष रत्नचन्द्र उपाध्यायले जानकारी दिए । जग्गा अतिक्रमण गर्नेहरूमा चन्दननाथ नगरपालिकाको कार्यालय जुम्ला, सोही नगरपालिका वडा नम्बर ५ का तिला सुनार, दत्त सुनार, दतु सुनार, वसुन्धारा श्रेष्ठ, रुपा भण्डारी, लाटी सुनार, राजु सुनार र चक्रबहादुर महत रहेका छन् ।

त्यसैगरी अम्बिका शाही, पारसमणि महत, वीर्षबहादुर स्वाँर, पदमबहादुर खत्री, नवराज गिरी, प्रभा शाही, गंगा भण्डारी, पोष्टबहादुर भण्डारी, जनक खाँण, सूर्य दमाई, सुन्दरी दमाई, बर्म गिरी र मुनिराम महतारा रहेका छन् । गुठीको जग्गा अतिक्रमण गरी अधिकांश स्थानीयले टहरा निर्माणदेखि शौचालय, घरबारी, घर निर्माण गरेका छन् । गुठीको जग्गा अतिक्रमण गरी चन्दननाथ नगरपालिकाले सार्वजनिक शौचालय निर्माण गरेको छ ।

गुठि समितिले सार्वजनिक गरेको नामावली यसप्रकार छ

 

Next Post

नागरिकता र कम्बल वितरणकाे समाचार जरुरी छैन: प्रजिअ प्रसाईं

२५ असार २०७८, शुक्रबार ०८:२२
जुम्लाकी प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईंले पत्रकारलाई आफ्नाे प्रचारमा केन्द्रित नहुन आग्रह गरेकी छन्। ४०औं प्रशासककाे रुपमा जुम्ला आएकी प्रसाईंले बिहिवार पत्रकार भेटघाट कार्यक्रममा नेपाल सरकारले ताेकेकाे काम गर्दा आफ्नाे प्रचार जरुरी नभएकाे बताएकी हुन्। ‘नागरिकता वितरण, जिल्लाकाे शान्ति सुरक्षा, विपद्मा राहत वितरणलगायत हाम्रा नियमित कर्म हुन्। यसकाे समाचार बन्नु आवश्यक […]