कि सास चाहियो, कि लाश चाहियो, कित न्याय चाहियो

  ।   २५ श्रावण २०७८, सोमबार १२:२९

यही जेठ ७ गते तातोपानी गाउँपालिका ५ श्रीनगर स्थित चौर भन्ने ठाउँमा तिला नदिको छालमा एक सडेको अवस्थामा शव भेटियो । प्रहरीले त्यो शवलाई निकाले । त्यो शवमा मासु सबै नष्ट भइसकेको थियो । हड्डी मात्र बाँकी थियो । शव नचिनिने अवस्थामा थियो । शवको लम्बाइ, चौडाइ,उचाइ र छातिको भाग हेर्दा चन्दननाथ नगरपालिका ९ का २५ बर्षिय धनगिरीको शारीरिक बनावट संग मिल्थ्यो । परिवारले आफ्नै भाइछोराको शव हो भनेर जिल्ला प्रहरी कार्यालय जुम्लामा पोष्टमार्टमको लागि समेत आग्रह गरेका थिए । । शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइयो । केही दिनपछि पोष्र्टमार्टम भयो ।
प्रहरी कार्यालयले उमेरले तपाइको मान्छे संग मेल खादैन । के गरौँ भनेर भन्यो । आफन्त तुलराज गिरीले भने,‘ प्रहरीको त्यो जवाफ प्रति शंका उब्जियो । हामी विश्वासमा छैनौँ । यो सरासर पीडित पक्षको आखाँमा छारो हाल्ने काम हो ।’
पोष्टमार्टमा उमेरले समस्या सिर्जना गरेपछि प्रहरीले डिएनए परिक्षण गर्न सुझाव दियो । डिएनए गर्दा कुनै फरक पर्दैन्, पोष्टमार्टमको रिर्पोटले उमेरको तलमाथि देखाएपनि डिएनए को रिर्पोट सही हुन्छ,प्रहरी प्रमुखको भनाई उदृध गर्दै तुलराजले भने,‘ त्यसपछि विधि विधान प्रयोगशाला मार्फत डिएनए परिक्षण गरि पाउँ भनेर पत्नी मिना गिरी र छोरा तिलक गिरी को रगतका साथ जेठ १० गते जिल्ला प्रहरी कार्यालय जुम्लामा निवेदन दियौँ । बिडम्बना दुई महिना वित्यो । डिएनए रिर्पोट आएन । परिवार रिर्पोट कुरेर बसेका छौँ । प्रहरीले कुनै चासो दिएको छैन । उल्टै गैरजिम्मेवार तर्क गरेर फर्काउने गरिरहेको छ । ’
आफन्तजनले पटक पटक गुनासो सुन्ने अधिकारी समक्ष डिएनए रिर्पोटका बारेमा जानकारी लिने प्रयास गरे । प्रहरीले रिर्पोट नआएको भन्दै पटक पटक फर्कायो । निवेदन दिदा अधिकतम एक महिना भित्र रिर्पोट आएर टुंगो लाग्ने बताइएको थियो । यहाँ दुई महिना वितिसक्यो । रिर्पोट आइसकेको छैन । यो अलमल भयो, परिवारले शंका गरिरहेको छ ।
आफन्तजनले घटनाको वास्तविक प्राविधिक कुरा संग जोडिएर अनुसन्धान गर्ने विषयमा अनुसन्धानकर्ताको चासो नदेखिएको बताएका छन । हड्डी मात्रै भएको अवस्थामा भेटिएको त्यो शव बोरामा बाँधेको अवस्था बगेर आइरहेको स्थानीय बताउँछन । त्यो शवको हकदावी कसैको पनि परेको छैन । उनले भने,‘यो शवलाई बेवारिसे शवका रुपमा प्रमाणित गर्न खोजिदैछ । यो मान्य हुने छैन । छिटो भन्दा छिटो डिएनए परिक्षणको रिर्पोट ल्याएर परिवारको पीडामा मलहम लगाउनुपर्छ ।’
धनगिरीका आफन्तले एक हप्ता भित्र घटनाको सत्यतथ्य प्रतिबेदन सार्वजनिक गर्न माग गरेका छन । पीडित परिवारलाई उचित राहतको प्रबन्ध गर्न पनि आग्रह गरेका छन । प्रहरीबाट एक हप्ता भित्र चित्तबुझ्दो जवाफ आउन नसकेको खण्डमा उत्पन्न हुने जोखिमपुर्ण स्थितीको जवाफदेही स्वय प्रहरी नै हुनु पर्ने चेतावनी दिएका छन । दाजु भैर गिरीले तत्काल शवको बिषयमा टुंगो लगाउन र घटनाको सत्यतथ्य विवरण सार्वजनिक गरि पीडितलाई न्यायको अनुभुति गराउन आग्रह गरेका छन ।
डिएनए रिर्पोट नआउँदा दुई महिना देखि शव अस्पतालको शव गृहमा राखिएको छ । जुम्ला चन्दननाथ नगरपालिका ९ बयालकाटियाका २५ बर्षि धन गिरी निर्माण सामाग्री लिएर गुठिचौर गाउँपालिकाको मणिसाघँु तिर लाग्दै थिए । उनी चन्दननाथ नगरपालिका ५ का रेणु शाहीको टयाक्टर चलाउथे । निर्माण सामाग्री सरीया सिमेन्ट लिएर गएका उनी घर फर्केनन् । न अहिले सम्म चालक गिरी घर फर्किएका छन । नत कुनै ठाउँमा रहेको खबर छ । अहिले सम्म सम्पर्क विहिन छन । न सास पाइएको छ । नत लाश नै ।
गत असोज १५ गतेदेखि उनी सम्पर्कविहिन छन। परिवारले अपहरण गरि वेपत्ता पारेको भन्दै गुठिचौर गाउँपालिका बस्ने भोटे भनिने विमल महत,दन्दबहादुर भण्डारी, सागर गिरी र बिनोद गिरीको नाममा मुद्धा दिएका छन ।
उनीहरुले चालक धन गिरीलाइ जबरजस्ती ट्याक्टर रोक्न लगाई हातपात गरि ढुंगामुढा गरेर अलपत्र पारेका दाबी गरेका छन । चालक जीवित छन या मृतक अहिले सम्म पत्तो लागेको छैन । प्रहरीले यो घटनाको अनुसन्धानमा चरम लापरबाही गरिरहेको परिवारको दुखेसो छ । उनीहरुले सत्यतथ्य विवरण सार्वजनिक गर्न माग गरेका छन । तर प्रहरी चासो लगाएर यो घटनाको अन्तर्यमा पुग्न सकेको छैन । धनगिरीका दाजु भैर गिरीले भने,‘प्रहरीको कामकार्वाहीका कारण पीडित परिवारले न्याय पाउन सकेका छैनन । प्रहरीले यो घटनामा खेलाँची गरिरहेको छ । ’

Next Post

काँचो स्याउ बजारमा, पहिचान गुम्ने खतरा

२५ श्रावण २०७८, सोमबार १२:२९
जुम्ला किसानले नपाक्दै स्याउ बजारमा लैजान थालेपछि गुणस्तर खस्कने खतरा बढेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १० गते अगावै स्याउ नटिप्न आग्रह गरेको छ । तर किसानले धमाधम बगैँचामा स्याउ टिप्न थालेका छन । केही किसानले व्यापारीलाई बगैँचामै प्रतिकेजी ५० रुपैयाँका दरले स्याउ बेचेका छन । त्यो […]