प्राकृतिक प्रकोपले पुर्‍याएको क्षति अवलोकन गर्न उर्जामन्त्री जुम्लामा

  ।   ३१ श्रावण २०७८, आईतवार १९:१७

कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दिनबन्धु श्रेष्ठ प्राकृतिक प्रकोपले पुर्‍याएको क्षतिको अवलोकन गर्दै जुम्ला आइपुगेका छन । उनी तत्काल अबिरल बर्षा संगै गएको बाढीपहिरोका कारण क्षति भएको धनजनको प्रत्यक्ष अवलोकन गर्न जुम्ला आइपुगेका हुन । कालिकोटमा प्राकृतिक प्रकोपले पुर्याएको क्षतिका बिषयमा छलफल र प्रत्यक्ष अवलोकन गरेका मन्त्री श्रेष्ठले जुम्लाका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्नेछन ।
कर्णाली राजमार्ग देखि कालिकोट हुदैँ आइतबार जुम्ला पुगेका मन्त्री श्रेष्ठले जुम्लाको पातारासी गाउँपालिका,सिँजा र कनकासुन्दरी गाउँपालिकामा अवलोकन गर्ने कार्यक्रम रहेको छ । मन्त्री श्रेष्ठले भने,‘तत्काल बर्षाले कर्णालीमा ठुलो क्षति पुर्याएको छ । क्षतिको एकिन गरेर तत्काल राहत उपलब्ध गराउनको लागि पहल गर्न जुम्ला आइपुगेको छु ।’ यसअघि जुम्लाको पातारासी गाउँपालिकामा बाढीले दर्जन बढि घट्ट बगाउनुका साथै एक जनाको मृत्यु भएको थियो । खेतबारी बगाएर लगेको थियो । मन्त्री श्रेष्ठले भने,‘ जुम्लाका हरेक बाढीपहिरोले क्षति पुर्याएको क्षेत्रमा पुग्ने प्रयास हुनेछ । प्रत्यक्ष पीडित संग भेट्दै बाढी प्रभावितको राहतका लागि पहल हुनेछ । स्थानीयतह संग छलफल गरिनेछ । ’
जुम्लाको तिला, सिँजा,कनकासुन्दरी, तातोपानी र पातारासी गाउँपालिकामा बाढी पहिरोले मानवीय संगै अन्नपातमा ठुलो क्षति पुर्याएको छ ।
मन्त्री श्रेष्ठले कर्णालीको जुम्ला सम्म राष्ट्रिय प्रसारणलाइन जडान भइसकेकोले गुणस्तरीय, छिटो छरितो र प्रभावकारी सेवा प्रवाह गर्न पहल भइरहेको बताए । उनले जुम्लाको जलस्रोत तथा उर्जा विकास कार्यालय,र नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुखलाई बोलाएर राष्ट्रिय प्रसारणलाइनका बिषयमा चासो राखेका थिए । सो अवसरमा उनले राष्ट्रिय प्रसारणलाइन गाउँबस्ती सम्म विस्तार गर्न अग्रसरता देखाउनको लागि निर्देशन दिएका थिए । जुम्लामा राष्ट्रिय प्रसारणलाई विस्तार गर्न निर्देशन दिदै संघीय सरकारले दिएको बजेट अभाव भएको खण्डमा प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने बताए । उनले भने,‘पोल,ट्रासफर्मर खरिद गर्नुस । जुम्ला सम्म जोडिएको लाइनलाई भरपर्दो बनाउनुस । कहाँ के अपुग हुन्छ । हाम्रो मन्त्रालय सहयोग गर्न तयार छ । समस्याबाट नपन्छिनुस ।’
ठेकेदारले ढिलासुस्ती गरेको भन्ने छ,। विद्युत जडानको काम गर्न सकेको छैन भने तत्काल ठेकेदारलाई ताकेता लगाउन वा अरु विकल्प सोच्न क्षेत्रिय निर्देशकलाई निर्देशन गरिसकेको उनले बताए । उनले तत्काल जुम्लामा विपद प्रकोपबाट क्षति भएको घटना बारे आन्तरिक मामिला तथा कानुन मन्त्रालय संग समन्वय गरेका थिए । उनले भने,‘कर्णाली सरकार कर्णालीबासीको साथमा छ । प्रकोपको घटनाको अवलोकन गरेर क्षति एकिन गर्छौँ । त्यसपछि राहतका प्याकेज अघि बढाउने छौँ । यही कामको लागि जुम्ला सम्म आइपुगेको छ । मन्त्री श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले स्वागत गरेको थियो । उनी चार दिन सम्म जुम्लामै बस्नेछन ।

Next Post

पातारासीमा बाढी बितण्डा : प्रभावित गाउँमा पुगे उर्जामन्त्री श्रेष्ठ

३१ श्रावण २०७८, आईतवार १९:१७
कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ जुम्लाको बाढीपहिरो प्रभावित क्षेत्र पातारासी गाउँपालिका ३ छुम गाउँमा पुगेका छन । उनले बाढीपहिरोले क्षति पुर्याएको क्षेत्रको अवलोकन गरेर प्राभावित गाउँका स्थानीयको समस्या संवोधनका लागि चासो लिएका हुन । यही भदौ १२ गते बाढी पहिरोका छुम गाउँमा एक जनाको मृत्यु भएको थियो […]