जुवा खालबाट जिल्ला समन्वय प्रमुखसहित पाँचजना पक्राउ

  ।   २ माघ २०७७, शुक्रबार १९:४४

सुर्खेत । रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर ओलीसहित प्रहरीले पाँचजनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । रुकुम पश्चिम मुसीकोट नगरपालिका-१, पातुखोलास्थित एक स्थानीयको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला समन्वय प्रमुख बोहरासहित रुकुम पूर्व पृथा उत्तरगंगा गाउँपालिका-५, का २९ वर्षीय सुभाष घर्ती मगर, सोही गाउँपालिका वडा नम्बर १० का ६४ वर्षीय जितेन्द्र बुढामगर, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका-७, का ४२ वर्षीय लिलबहादुर पुन र मुसीकोट नगरपालिका-१, का ३७ वर्षीय कमललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट २५ हजार दुई सय रुपैयाँ र तीन गड्डी ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए । पक्राउ परेकालाई कानुनबमोजिम कारबाही गरिने उनको भनाइ छ । साभारः नागरिक डटकम ।

Next Post

संसद् विघटनविरुद्धका रिट संवैधानिक इजलासमै सुनुवाइ हुने

२ माघ २०७७, शुक्रबार १९:४४
संवैधानिक इजलासमा संसद् विघटनविरुद्धको रिटमाथिको बहसपछि इजलासले बृहत् पूर्ण इजलास गठनको माग अस्वीकार गरेको छ । १३ रिट निवेदकमध्ये १२ ले बृहत् पूर्ण इजलासको माग गरेका थिए । तर संवैधानिक इजलासले उक्त माग अस्वीकार गर्दै सोही इजलासले हेर्ने निर्णय गरेको सर्वोच्च अदालत स्रोतले जानकारी दियो । साथै ती रिट निवेदनमाथि […]