जुम्लामै पहिलो पटक पालिका गान र लोगो बनाउँदै तातोपानी

  ।   १८ माघ २०७९, बुधबार १०:४६

जुम्लाको तातोपानी गाउँपालिकाले पहिलो पटक पालिका गान र लोगो बनाउन थालेको छ । यहॉको आर्थिक,सामाजिक,सॉस्कृतिक,पर्यापर्यटन र भौगोलिक वनावट समावेश गरिएको पालिका गान र लोगो बनाउन थालेको हो । पालिका गान र लोगोले तातोपानीको पहिचान स्पष्ट पार्ने गरि लोगो र गान बनाइन थालेको हो ।
प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतले पालिका भित्रको पहिचान लोगो र गान मार्फत देखाउने गरि तयारी अघि बढेको बताए । उनले भने,‘यो पालिका सबै हिसाबले निकै अब्बल देखिन्छ । तर ति क्षेत्रहरुको पहिचान हुन नसक्दा समस्या भोगिरहेको छ । अब गान र लोगोले नै पालिकाको पहिचान सहजै बताउनेछन् । यसको तयारीमा पालिका सरकार लागिपरेको छ । ’
यही माघ १६ गते बसेको तातोपानी गाउ‘ कार्यपालिकाको बैठकले पालिका गान र लोगो बनाउने निर्णय गरेको थियो । पालिकाको निर्णय लगत्तै एक महिनाभित्र पालिका गान र लोगो निर्माणको लागि सार्वजनिक सुचना निकालिएको छ । ्पालिका गान र लोगोले तातोपानीको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा विशिष्ट भौगोलिक वनावटको पहिचान झल्किने आशा गरिएको गॉउपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए ।
पालिका गान र लोगो निर्माणको लागि खुला प्रतिस्पर्धात्मक विधि अवलम्बन गरिएको छ । लोगो डिजाइनकर्ता र पालिका गान रचनाकारलाई पुरस्कृत समेत गरिने तयारी भइरहेको छ । उनले भने,‘अहिले प्रयोग हुदैं आएको पालिकाको लेटरहेडमा नेपाल सरकारको लोगो मात्र छ । अब एकतिर नेपाल सरकार र अर्को तिर स्थानीय सरकारको लोगो रहनेछ ।
हरेक कार्यक्रम,सभा,समारोह,विद्यालय जस्ता सार्वजनिक स्थलमा पहिले राष्ट्रिय गान प्रस्तुत हुने र लगत्तै पालिका गान अनिवार्य गाउनुपर्ने व्यवस्था गरिने अध्यक्ष चौलागाईले जनाए । लोगो र पालिका गान मौलिक हुनुपर्ने छ ।
पालिकाको गान र लोगोमा गाउ‘पालिकाको प्राकृतिक,सॉस्कृतिक ऐतिहासिक तथा विशिष्ठ भौगोलिक पहिचान झल्कनु पर्ने,लोगोमा प्रयोग भएका संकेतहरुको संक्षिप्त व्याख्य गर्नुपर्ने,कुनै पनि जातीय विभेद,साम्प्रादायिकता,राष्ट्रिय एकता र अखण्डतामा खलल आउन संक्ने शब्दको प्रयोग हुन नहुने,अनेत्रबाट नक्कल नगरिएको हुने पर्ने छ ।
प्रमुख प्रशासकीय अधिकृत कठायतले भने,‘पालिका गानमा ४० देखि ६० शब्दको प्रयोग हुनुपर्ने छ । लोगोमा तीन सय डिपीआइ रेजुलेशन भएको जेपिएजी फर्मेटमा हुनुपर्ने छ ।’ उनका अनुसार लोगो डिजाइनकर्तालाई नगद ३० हजार रुपैयॉ र कदर पत्रले सम्मान गरिनेछ । पालिका गानका रचनाकारलाई २० हजार नगद सहित कदरपत्रले सम्मान गरिनेछ । पालिका गान र लोगोको स्वीकृत अधिकार कार्यपालिकामा निहित हुने र स्वीकृत गान र लोगोको सर्वाधिकार गाउँपालिकामा रहनेछ । डिजाइनकर्ता र रचनाकारले अनेत्र प्रयोग गर्न पाइनेछैन । जुम्लामै पहिलो पटक पालिकाले आफ्नै गान र लोगो बनाउन थालेपछि स्थानीय उत्साहित छन ।
यसअघि जिल्लाको कनकासुन्दरी गाउँकार्यपालिकाले लोगो र पालिका गान बनाउने निर्णय गरेपनि कार्यन्वयनमा आउन सकेको थिएन । पालिका गान र लोगो बनाउने तातोपानी जुम्लाको पहिलो स्थानीयतह बनेको छ ।

Next Post

प्रजातन्त्र दिवसमा तातोपानीको डुठाचौरमा बृक्षारोपण

१८ माघ २०७९, बुधबार १०:४६
जुम्ला, ७३ औं प्रजातन्त्र दिवसका अवसरमा जुम्ला तातोपानी ५ को डुठाचौरमा बृक्षारोपण गरिएको छ । डुठाचौरमा स्याउ,ओखर,धुपी,सल्लो र देवद्यारको विरुवा रोपिएको हो । डिभिजन बन कार्यालय जुम्लाका प्रमुख दिनेशजंग खत्रीले धुपीको १०,सल्लोका २० र देवद्यारको २० विरुवा रोपिएको बताए । स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख खेमराज शाहीले स्याउको एक सय […]