विद्यालयमा विपद् पढाउदै सशस्त्र प्रहरी

  ।   ३२ श्रावण २०८०, बिहीबार १७:१०

”सशस्त्र देख्दा डर लाग्थ्यो, हाम्रो स्कुलमा आउनुभयो, पढाउनुभयो। आज त डर नै लागेन,’ जुम्लाको तातोपानी गाउँपालिका–५  स्थित दुर्गा माध्यामिक विद्यालयमा शसस्त्र प्रहरीसँग विपद् व्यवस्थापन तथा विपद् जोखिम न्यूनीकरण सम्बन्धिको ज्ञान लिएपछि १० कक्षाकी छात्रा  सुसिला बिष्टले भनिन, ‘धेरै चिसो भयो भने आगो ताप्नु पर्ने रहेछ, भूकम्प आयो भने भर्‍याङमुनि लुक्नुपर्ने रहेछ। खोलामा एक्लै पौडिन जानुहुन्न, साथीहरूसँग जानुपर्छ। एक्लै जाँदा डुब्न सकिन्छ रे।’

बिष्ट जस्तै अरु विद्यार्थीहरू पनि प्रहरीबाट विपद् व्यवस्थापनको कक्षा लिन पाएपछि हौसिएका छन्। सधैँ आफ्ना विषयगत शिक्षकहरूबाट नियमित शिक्षा लिँदै आएका प्रहरीले पढाउँदा विद्यार्थीहरूले फरकपन महसुस गरेका थिए। विपद्का बेला के-के गर्ने भन्ने कुरा पनि विद्यार्थीहरूले प्रहरीबाटै थाहा पाउने मौका पाए।

समय-समयमा आइलाग्ने विपद्का कारण जिल्लामा धेरैले ज्यान गुमाउने समस्या समाधान गर्न विद्यालयमै पुगेर प्रहरीले विद्यार्थीलाई विपद् व्यवस्थापन कक्षा लिएको हो। विद्यार्थीहरूलाई विपद्‌बाट जोगाउन र घटना भईहाले उद्धारमा जुट्न जुम्लामा  रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गण हेट क्वाटर त्रिपुराको टोलीले विद्यालयमा पुगेर जनचेतना दिन थालेको हो।

बुधबार तातोपानी गाउँपालिका भित्रका दुईवटा विद्यालयमा पुगेर जनचेतनामूलक कार्यक्रम गरेको हो। यस्तै अर्को तातोपानी (२ मा अवस्थित हिमशिखर माध्यमिक विद्यालय तातोपानीमा पनि दिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गण हेट क्वाटर त्रिपुरा जुम्लाकाका एसपी चेतराज जोशीले बताए। उनका अनुसार कक्षा ८,९ र १० का विद्यार्थी सहभागी थिए। बाढी तथा पहिरो,भुकम्प र आगलागी जस्ता प्रकृतिका विपद् र यसबाट जोगिने उपायहरु समेटेर प्रोेरोजेक्टरबाट सुसूचित गरि विद्यार्थीका माध्यमबाट उनीहरुको परिवारसम्म सचेतना दिने गरिएको जोशीले बताए।

जिल्लाका अन्य गाउँपालिका भित्रका विद्यालयमा पुगेर पनि प्रशिक्षण दिने तयारी भईरहेको चेतराज जोशी बताउँछन्।’विद्यार्थीका माध्यमबाट चेतना फैलाउन छिटो, सजिलो र प्रभावकारी हुन्छ’, उनले भने, ‘अहिले वर्षाकोयाम शुरु भएका कारण बाढी तथा पहिरोबाट कसरी बाँच्ने? विपद्को बेलामा के के गर्ने भन्नेबारे पनि विद्यार्थीलाई सिकाइँदैछ।’

द्वन्द्व तथा विभिन्न ठाउँका आन्दोलनमा हुने गरेका घटनाहरु देखेका बालबालिका र नागरिकको दिमागमा प्रहरी वा सुरक्षा निकायबारे नकारात्मक धारणा विकास हुनसक्ने भएकोले यसको समाधानको लागि विद्यालयमा गएर चलाइएका प्रशिक्षण कार्यक्रमहरू उपयोगी हुने एसपी चेतराजको भनाइ छ। बिपद्‍का बेला हुने भाग(दौडका क्रममा प्रायः बालबालिकाहरू पीडित हुने भएकोले शसस्त्रले उनीहरूलाई लक्षित गरेर कार्यक्रम तयार पारेको छ।

प्रशिक्षणका क्रममा पानीमा हुन सक्ने दुर्घटना, भूकम्प, महामारी,चिसो र आगलागीलगायतका विषयमा जानकारी प्रदान गर्ने गरिएको छ। दुर्गा माध्यामिक विद्यालयका माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष आदिप्रसाद न्यौपानेले यस्ता विपद् बाट बच्ने उपायबारे जानकार हुनु अपरिहार्य भएको बताए। सुरक्षा निकायहरूले जुम्ला जिल्लामा पटक(पटक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाको टोलीले पनि ग्रामीण क्षेत्रका विद्यालयमा पुगेर लागुओैषध न्यूनीकरण सम्बन्धि  सचेतना  कार्यक्रम सञ्चालन गरिरहेको छ। नेपाल आर्मीले भने समुदायमा आधारित विपत् प्रतिकार्य सचेतनामूलक डेमो प्रदर्शनी गर्दै आएको छ।

Next Post

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

३२ श्रावण २०८०, बिहीबार १७:१०
वीरेन्द्रनगर — आज कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना भएको दिन, सहिद दिवस तथा नाग पञ्चमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक सूचना प्रकाशन गर्दै प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा सार्वजनिक बिदा दिइने निर्णय गरेको छ । यस्तै, प्रदेश […]