उच्च भूभागमा हिमपातको सम्भावना

  ।   १० माघ २०८०, बुधबार ०८:१४

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

यतिबेला (बुधबार बिहान) देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज कोशी, गण्डकी र कर्णाली प्रदेशसहित देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति पनि देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। भने कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको छ।

महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भूभागको मौसम आंशिक देखि साधारणतया बदलीकै अवस्थामा रहनेछ।

Next Post

भारतमा बिरामी पठाउने जुम्ला डक्टरी पढाउँछ

१० माघ २०८०, बुधबार ०८:१४
जुम्लाको कनकासुन्दरी–२ का जंगबहादुर रोकाया १० वर्षअघिको कर्णालीको स्वास्थ्य अवस्था स्मरण गर्दा निकै भावुक हुन्छन्। कार्यालय सहयोगीले चलाइराखेको स्वास्थ्य संस्थाबाट उनी आफैंले सेवा लिएका थिए भने औषधि अभावले सामान्य बिरामीको अकालमा ज्यान जान्थ्यो। सुत्केरीलाई समयमै अस्पतालसम्म पुर्‍याउन नसक्दा आमा र बच्चाको ज्यान जोखिममा पर्नु त कर्णालीको व्यथा नै थियो। शव […]