छुट सुविधाको ७८ क्वीन्टल चामल

  ।   ११ कार्तिक २०७८, बिहीबार १९:४३

जुम्ला,कात्तिक ११।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ,तिहार र छठ पर्वलाई लक्षित गरेर वितरण गरिरहेको छुट सुविधाको चामल सकिन थालेको छ । जिल्लाको सात वटा गाउँपालिकालाई ७ सय क्वीन्टल र चन्दननाथ नगरपालिकालाई ३ सय क्वीन्टल चामलको कोटा तोकेको थियो ।
दसैँका बेला यहाँका नागरिकले अत्यधिक रुपमा चामल लिएपछि तिहार छठ नआउँदै छुट सुविधाको खाद्यान्न सकिन थालेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँ तिहार छठलाई लक्षित गरेर एक हजार क्वीन्टल चामल कोटा छुटयाएको थियो । कम्पनीका प्रमुख तिलक सुनार छुट सुविधाको चामल लिनेको भिड लाग्ने गरेको बताउँछन । उनले भने,‘छुट सुविधाको चामल वितरण गर्न थालेपछि उपभोक्ताको भिड लाग्न थाल्यो । चामल सकिन थालिसकेको छ । ’
बिहीवार सम्मको रेकर्ड अनुसार ९ सय २२ दशमलव ६० क्वीन्टल चामल बिक्री भइसकेको छ । अहिलेकै दरमा विक्री भएको खण्डमा तिहार, छठ सम्म छुट सुविधाको खाद्यान्न अभाव हुने व्यापार कम्पनीले बताएको छ ।
हाल छुट सुविधाको चामल ७८ क्वीइन्टल मात्रै बाँकी छ । चामल लिनेहरूको भिड रोकिएको छैन । थप एक हजार क्वीन्टल चामल पठाउन माग गरिएको छ,प्रमुख सुनारले भने,‘माग गरेको चामल आइपुगेको खण्डमा चामल अभाव हुनेछैन । तर त्यो चामल आएन भने चामल अभाव हुनेछ । ’
हामीले यहाँको आवश्यकता बमोजिम १ हजार क्वीन्टल मागेका छौँ । उनले भने,‘ केन्द्रले ५ सय क्वीन्टल चामल पठाउने जनाएको छ । छुट सुविधाको चामल जुम्लामा गत असोज एक गते देखि वितरण शुरु भएको थियो । हाल सम्म १हजार ५ सय ३७ जनाले सो चामल लिएका छन ।
यही कात्तिक १ देखि ३ गते सम्म परेको अबिरल बर्षाका कारण धानबालीमा क्षति पुगेपछि किसान भोकमरी हुने त्रासमा छन । अब झनै छुट सुविधाको चामल किन्नेको घुइचो लाग्ने देखिएको छ ।
कम्पनीका अनुसार जिल्लाको पातारासी गाउँपालिका र चन्ददनाथ नगरपालिकाबासीले छुट सुविधाको चामल अत्यधिक प्रयोग गरिराखेका छन । अन्य स्थानीयतहले निकै कम मात्रमा चामल लिएका छन । जुम्ला स्थित कम्पनीको कार्यालयबाट ४ लाख ६३ हजार रुपैयाँ बराबरको छुट सुविधाको चामल विक्रि भएको हो ।
तिला गाउँपालिका ४ का नैनबहादुर हमालले यो बर्ष बाढीले धानबाली नष्ट गरेको र जमिन कटान गरेर बगाएकोले अनुदानको चामल अत्यधिक विक्रि हुने बताउँछन । उनले भने,‘ यो बर्ष गाउँमा भोकमरी हुने संभावना बढेको छ । यो बेला अनुदानको चामलको भर हुने देखिन्छ ।जसका लागि सरकारले जुम्लाको लागि अनुदानको चामलको कोटा बढाउन जरुरी छ । ’
छुट सुविधा बाहेकको साढे ७ सय क्वीन्टल मौज्दात रहेको र थप ६ हजार क्वीन्न्टल चामल आयात भइरहेको कम्पनीले जनाएको छ । बजारमा आउने चामल निकै महंगो पर्ने भएकोले खाद्य व्यवस्था तथा ब्यापार कम्पनीको कार्यालयले चामलको कोटा बढाउन माग गर्नुपर्ने जुम्लाबासी बताउँछन । जुम्लाको जुम्लाकोट र धापा डिपोमा पनि अनुदानको चामल राख्ने वातावरण सिर्जना गर्नुपर्ने उनीहरुले जोड दिएका छन ।

Next Post

जुम्लाको बाढी प्रभावित क्षेत्रमा कर्णालीका जलस्रोत मन्त्री श्रेष्ठ

११ कार्तिक २०७८, बिहीबार १९:४३
जुम्ला,कात्तिक १२। कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ जुम्लाको बाढी प्रभावित क्षेत्रमा पुगेका छन । बाढी प्रभावित नागरिकका समस्या सुन्न र प्रत्यक्ष रुपमा बाढीले पुर्याएको क्षति अवलोकन गर्न  निस्किएका हुन । जिल्लाको तातोपानी गाउँपालिका ४ र तिला ४ स्थित बाढीले खेतियोग्य जमिन,विद्युत,सिचाइँ र विद्यालयमा पुयाएको क्षतिको बारेमा प्रत्यक्ष […]