कोरोनाबाट थप चारजनाको मृत्यु, ३४८ संक्रमित थपिए

  ।   ६ माघ २०७७, मंगलवार १९:१२

काठमाडौं । पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण चारजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ९६९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  पीसीआर गरिएका चार हजार ९५६ मध्ये ३४८ जनाको नतिजा पोजेटिभ आएको छ । नेपालमा मंगलबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६७ हजार ९९२ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४४१ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६२ हजार २५९ पुगेको छ ।

हाल क्वारेन्टिनमा १९० जना छन् भने ३ हजार ७६४ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

Next Post

जुम्लाका न्यायिक समितिलाई प्रशिक्षण

६ माघ २०७७, मंगलवार १९:१२
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जुम्लाका स्थानीय तहका न्यायिक समितिलाई प्रशिक्षण दिएको छ । न्यायिक समितिलाई आउन सक्ने कानुनी समस्याबाट सहज बनाउनको लागि प्रशिक्षण दिइएको हो । आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रशिक्षणको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा मन्त्री भण्डारीले भने,‘संघीय व्यवस्था पछि गाउँनगरमा सिंहदरवार आएको […]