पातारासीका हरेक वडामा कृषि पकेट क्षेत्र

  ।   ७ फाल्गुन २०७७, शुक्रबार २०:५८

जुम्लाको पातारासी गाउँपालिकाका सबै वडा पकेट क्षेत्रका रुपमा स्थापित भएका छन् । वडाको अनुकुलताका आधारमा पकेट क्षेत्र घोषणा गरिएको हो ।
वडा नं. १ र २ मा फापर पकेट क्षेत्र बनाइएको छ । वडा नं ३ मा कालीमार्सी,४ मा चिनो कागुनो, ५ मा सिमी,६ मा फलफुल तथा तरकारी र ७ मा आलु र जौँ गहुँ पकेट क्षेत्र बनाइएको पातारासी गाउँपालिका कृषि शाखा प्रमुख रुपक बुढाले जानकारी दिए ।
उनले भने,“ जुन वडामा जे बढि फल्छ । त्यही कृषि वस्तुको पकेट क्षेत्र बनाइएको छ । पकेट क्षेत्र बनाएपछि स्थानीय उत्पादनमा किसानको लगाव निकै बढेको छ । ”
स्थानीय बिष्णु बुढाल भनिन् ,“पकेट क्षेत्र बनाएपछि बल्ल रैथानेबालीको महत्व बुझेका छौँ । पहिले बजारको सेतो चामल मात्र खान्थ्यौँ ।जीब्रोको लागि मात्र खाना बनाउथ्यौँ, चाउचाउ र बिस्कुट किनेर बालबालिकाको हातमा थमाउथ्यौँ,उनले थपिन,“अहिले रैथानेबालीबाट रोटी बनाउँछौँ, ढिडो पकाउछौँ,। रैथाने अन्न बेचेर पैसा पनि कमाउँछौँ,पोषिलो खानेकुरा पनि खान्छौँ । यही अन्नपात स्वास्थ्यका लागि हितकर बनेको छ ।”
प्रांगारिक खेती गर्दा उत्पादन हुने रैथाने अन्नले बालबालिकोको शारीरिक, मानसिक र संवेगात्मक विकास पनि गरेको उनले बताइन ।
बालबालिकालाई रैथाने उत्पादनबाट बनेको लिटो जाउलो र सागपात खुवाउन समेत आग्रह गर्ने गरिएको छ । पातारासी गाउँपालिका कृषि शाखा प्रमुख रुपक बुढा प्रांगारिक खेतीबारे सबैलाई जानकारी हुदाँहुदै पनि खेती गर्न कन्ज्युस्याइँ भइरहेको बताउँछन् । स्थानीय स्रोतसाधन प्रयोग गरेर उत्पादन हुने बाली नै रैथानेबाली हो । उनले भने,“रैथानेबाली लोप हुन थालेको छ । तीब्र जनसंख्या बृद्धि संगै उत्पादनमा गिरावट आएको छ । रैथानेबालीको राजधानी लगायत विदेशमा माग बढ्दो छ । तर पुर्याउन सकिएको अवस्था छैन । यो पकेट क्षेत्र स्थापनाले किसानमा हौसला थपिएको छ । ”
नमुना सहकारी संस्थाकी अध्यक्ष रमा भण्डारीले रैथानेबालीको संरक्षण बिना यहाँका किसानको सपना अधुरो हुने बताइन । बर्षौ देखि दुख गरेका छौँ । यहाँ उत्पादित चामल,मकै, कोदो,बेचेर बाहिरबाट आउने खाद्यन्नमा निर्भर हुन थालेका छौँ, अध्यक्ष भण्डारीले भनिन्,“ पोषिलो खानेकुरा दिएर बर्षौ थन्किएको खाद्यन्न उपभोग गरिरहेका छौँ । अब यहाँ उत्पादन गरेको प्रांगारिक रैथाने बालीको अधिकतम प्रयोग हुन आवश्यक छ । ”
“बालीनालीमा बिषादी प्रयोग नगरौँ,मकैको ढिडो,रोटी तरकारी बनाएर खाऔँ । यही नै स्वास्थ्यका लागि उत्तम विधि मानिनेछ,” उनले भनिन् ।
पातारासी गाउँपालिकाले प्रांगारिक खेतीका लागि जैविक बिषादी बनाउने र मल बनाउने तालिम प्रदान गर्दै आइरहेको छ । प्रांगारिक खेती गर्दा जग्गा बिग्रदैन । वातावरण पनि सफा हुन्छ,हाम्रो स्वास्थ्य पनि स्वस्थकर हुन्छ, कृषि शाखा प्रमुख बुढा भन्छन्,“सके सम्म गोठेमलको प्रयोग गरौँ । यदि गोठेमलको संभावना हुन नसकेको खण्डमा खाडल खनेर अर्गानिक मल बनाउन सकौँ । रैथाने बालीको उत्पादन गर्न सके बजारीकरणका लागि स्थानीय सरकार तयार छ । ”
पातारासी ६ का वडाध्यक्ष धनबहादुर थापाले रैथाने बालीको संरक्षणले मात्र यहाँको समृद्धि हासिल हुने बताए । प्रांगारिक रैथानेबाली यहाँको पहिचान हो । अब खोजीखोजी यहाँको अन्नपात किन्न आउने वातावरण बनाउनुपर्छ । ”दिवसका अवसरमा स्थानीयले रासयनिक मल नहाल्ने र जैविक खेतीलाई प्रोत्साहित गर्ने संकल्प गरका छन ।

Next Post

एमिकस क्युरी पाठकको बहस: संविधानमा विघटन शब्द परेरमात्र हुँदैन, पूर्वसर्त पनि हेर्नुपर्छ

७ फाल्गुन २०७७, शुक्रबार २०:५८
प्रतिनिधि सभा विघटनविरूद्ध परेको रिटमाथि टुंगोमा पुग्न संवैधानिक इजलासलाई सघाउने एमिकस क्युरीहरूको बहस सकिएको छ। शुक्रबार एमिकस क्युरीको रूपमा बहस गर्न आएकी वरिष्ठ अधिवक्ता गीता पाठकले झन्डै सवा २ घन्टामा आफ्ना राय दिइन्। संविधानमा आँच आउने गरी कसैले पनि काम गर्न नहुने भन्दै उनले आफ्ना कुरा अघि बढाइन्। शक्ति पृथकीकरणको सिद्धान्तमा […]