सौर्य उर्जाबाट लिफ्ट सिचाइँ

  ।   २४ पुष २०७७, शुक्रबार १३:०२

जुम्लाको हिमा गाउँपालिका ३ मोप्लाका परिमल रोकायाले सिचाइँ सुविधा नहुँदा खेतमा धान रोप्न छाडेको तीन दसक वित्यो । २०५२ सालदेखि उनले खेतमा धान रोपेका छैनन् । आकाशे पानीको भरमा अन्य बालीनालीको खेतिगरिरहेका छन् । सिचाइँ नहुँदा न अन्नपात राम्रो सित उत्पादन गर्न पायौँ,नत खेति नै छोड्न सक्यौँ, परिमलले दुखेसो पोखे,‘गाउँ किनारामा बगेको हिमा नदि हेरेर बस्यौँ । खेत बाझो राख्यौँ । ’
सुख्खा जमिनमा लगाएको सिमि, मकै, जौँ र गहुँ पनि राम्रो सित उत्पादन भएन । तर पछिल्लो समयमा लिफ्ट सिचाइँ प्रविधिबाट पानी तानेर सिचाइँ गर्न थालिएपछि निकै चकित छन् । उनले भने,‘खोलाको पानी डाँडाकाँडा सम्म आउदैन् भन्ने थियो । डाँडामा खोलाको पानी आएको पनि देखेका थिएनौँ ,‘उनले भने,‘अहिले लिफ्ट सिचाइँ मार्फत पानी आउँदा नियमित रोपाइँ चल्ने भयो । मासीधानको खेति नियमित हुने भयो । यतिमात्र नभएर व्यवसायिक योजना बनाएर थरीथरीका कृषि योजना बनाउन सकिने अवस्थामा पुगियो । ’
मोप्ला गाउँका २ सय ८५ घरधुरीले सिँचाइ गर्न पाएका छन् । झण्डै २ हजार ५ सय मुरी खेतमा सिचाइँ सुविधा पुगेको हो । सिचाइँ अभावले सुख्खा भइसकेको क्षेत्रमा लिफ्ट मार्फत सिचाइँ पुगेको कर्णालीमै पहिलो हो । गाउँका केहीले जमिन बाँझो राखेर घाँस काट्ने मेला बनाइसकेका थिए । अब मेलमा खेतियोग्य जमिनमा परिणत हुनेछन । किसानले आयतित खाद्यन्नमा भरपर्नु पर्ने अवस्था हट्नेछन ।
कर्णाली प्रदेश भुमि व्यवस्था तथा कृषि सहकारीमन्त्रालयको सहयोगमा गाउँमा ५० लाख रुपैयाँमा आधुनिक प्रविधियुक्त लिफ्ट सिचाइँ आयोजना निर्माण गरेर सफल परिक्षण भएपछि किसान दंग छन् । त्यो लिफ्ट सिचाइँ मार्फत ७० मिटर उकालो सम्म पानी पुर्याउन सकिन्छ । तर यो गाउँका लागि २६ मिटर मात्र आवश्यक हो । कृषि प्राविधिक धर्मराज शाहीले भने,‘यो प्रविधि यहाँको भुगोल सुहाउँदो छ । दिर्घकालिन हुने संभावना बढेको छ । अब सिचाइँका लागि किसानलाई समस्या हुनेछैन् । तर यहाँ जडित प्रविधिको संरक्षण गर्न जरुरी छ । ’ ५० किलोवाटको सौर्य उर्जाको प्रयोग भइरहेको छ । सोलार ब्याट्रीको प्रयोग गर्दा खर्चिलो हुने भएकोले सोलार प्यानल मात्र राखेर दिउँसो सिचाइँ सुविधा दिन सकिने गरि बनाइएको छ । सोलार ब्याट्री अधिकतम दुई तीन बर्ष सम्म टिक्छ । त्यसपछि काम लाग्दैन् । उनले भने,‘सोलार प्यानलको आयु कम्तीमा २५ देखि ३० बर्ष सम्म हुने भएकोले प्यानलबाट दिउँसो मात्र सिचाइँ गर्न थालिएको हो । सिचाइँ बढि भइसकेको अवस्थामा यो पानीबाट अन्य वैकल्पिक क्रियाकलाप गर्न पनि किसानले सक्नेछन् ।
उनले कर्णाली प्रदेशको उदाहरणीय योजना भएकोले यहाँबाट अनेत्रका किसानका लागि सिकाइँ हुने बताए । तलको पानी माथितिर आउने कसैले कल्पना सम्म गरेका थिएनन् । अहिले खोलाको पानी लेकमा चढाएर फेरी खोलाको जमिनमा सिचाइँ हुन थाल्यो । आकाशे भरमा निर्भर यहाँको कृषि क्षेत्रले बल्ल निकास पायो । कर्णाली प्रदेश जुम्ला क्षेत्र (ख) का सांसद पदम रोकायाले भने,‘योजना सञ्चालनमा आएर मात्र हुदैन् । नियमितताका लागि उचित संरक्षण र रेखदेखको खाँचो छ । घर निर्माण भएर मात्र व्यवस्थित बसोवास हुदैँन् । बलियो घर बनाउनका लागि जग बलियो हुनुपर्छ । कृषि प्राविधिको सल्लाह विना कुनै कार्य नगर्नुहोला । यो भावि सन्नतीको लागि निकै लाभदायक हुनेछ । ’
सिचाइँ नहुदा यहाँका किसान जेठअसारमा खान सुत्न पनि पाउदैनथे । राति टर्च बालेर, खेतको आलीमै आगो बालेर भएपनि सिँचाइँ गर्न विवश थिए ।अहिले लिफ्ट सिचाइँले मुक्ति मिलेको छ । सुख शान्तिको दिन आएका छन् । सांसद रोकायाले भने,‘लिफ्ट सिचाइँको भरपुर प्रयोग गर्नुहोला । खेतमा सिचाइँ गरेर अन्न फलाउनुहोला । व्यवसायिक खेतिमा जोेड दिनुहोला ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्र्रमुख बालकराम देवकोटाले यो सिचाइँ आयोजना कर्णाली प्रदेशकै नमुना आयोजना हो । गत आर्थिक बर्षमा सञ्चालित १२ सिचाइँ योजना मध्ये यो योजना निकै जाखिमको थियो । यस्तो प्रकारको योजना कर्णालीको कुनै पनि जिल्लामा शुरु भइसकेको छैन । यो नयाँ प्रविधि हो । प्राविधिक स्टमेट बाहेकको सामाग्री प्रयोग गर्न दिइएका छैनौँ । कृषि प्रमुख देवकोटाले भने,‘सिँजा क्षेत्रमा बनेका ९ योजना मध्ये यो योजना सबैको चुनौतिको योजना हो । जब खेतमा पानी पुग्यो । सबै चुनौति सामाना गरेर सफल भएको अनुभुति भइराखेको छ । ’ अहिले ५० लाख रुपैयाँको लागतमा यो योजना सफल भएको छ । घेरबार देखि जाली क्यानल बनाउनको लागि चालु आर्थिक बर्षमा पहल भइराखेको छ ।
सांसद पदम रोकायाले प्रदेशबाट सञ्चालन हुने योजनामा निकै पहल लिने गरेको बताए । उनले भने,‘विकास सरकारले सबै क्षेत्रमा एकै पटक गर्न सक्दैन् । आएको विकास प्रभावकारी र गुणस्तरीय बनाउनुस । हामी तपाइहरुकै साथमा छौँ । ’ यसअघि भुमि व्यवस्था तथा कृषि सहकारीमन्त्री बिमला केसीले यो योजनाको अनुगमन गरेकी थिइन । उनले लिफ्ट सिचाइँ आयोजनालाई कर्णालीकै हेर्न लायक र सफल बनाउन निर्देशन गरेकी थिइन । ’ कर्णाली प्रदेश सामाजिक विकास आयोगका सभापति देवी नेतृत्वको टोली पनि लिफ्ट सिचाइँ आयोेजना स्थलमै पुगेर अनुगमन गरेको थियो । टोलीले यो योजना निकै प्रभावकारी र किसानको हितमा रहेको भन्दै यहाँका विकट् र सिचाइँ अभाव भएका क्षेत्रमा यो प्रविधिको प्रयोग गर्नु पर्नेमा जोड दिएको थियो ।
जुम्लामा अधिकांस स्थानीय तहले लिफ्ट सिचाइँ आयोजना निर्माण गरिरहेको भएपनि कुनै पनि आयोजना सफल हुन सकेका छैनन् । कमसल सामाग्रीको प्रयोग संगै लिफ्ट निर्माणमा चरम लापरबाही देखिएकोले हिमा तथा तिला गाउँपालिकामा निर्माण भएका लिफ्ट सिचाइँ आयोजना प्रयोगमा आउन सकेका छैनन् । ती आयोजनामा करोडौँ रुपैयाँ खर्च भइसकेको छ । तर कर्णाली प्रदेशको ५० लाख रुपैयाँमा लिफ्ट सिचाइँ बनेर प्रारभ्म भइसकेको छ ।
मोप्लाका युवा वरिष्ठ किसान गोपाल रोकायाको पहलमा यो सिचाइँ आयोजना बनेको हो । सौर्य उर्जाबाट दिनभर सिचाइँ गर्न मिल्नेछ । उनले सिचाइँ कार्य संगै नजिकै कुटानी, पिसानी र तेल पेल्ने मिल बनाउन पहल भइरहेको बताए । उनले भने,‘अहिले सिचाइँ चलिरहेको छ । अब यो पानीको भरपुर प्रयोग गर्न वैकल्पिक कामको पनि थालनी गर्ने सोच बनाइरहेका छौँ । कर्णाली प्रदेश सरकार र प्रदेश सांसदको महत्वपुर्ण भुमिका र साथ मिल्ने छ ।’
लिफ्ट सिचाइँले गाउँमा किसान निकै उत्साहित छन । सिधैँ कम्पनी संग समन्वय गरेर सामान ल्याएकोले बिग्रे भत्केको पनि कम्पनीले बेहोर्नेछ । आफ्नो कम्पनीको प्रचारको लागि पनि यो सिचाइँमा शक्ति कम्पनीले लागत स्टमेट भन्दा बढि नै लगानी गरेको छ ।

Next Post

जुम्लामा भेटिए ४८ जना सडक मानव,व्यवस्थापनमा चुनौती

२४ पुष २०७७, शुक्रबार १३:०२
जुम्लामा ४८ जना सडक मानव भेटिएका छन् । करिब डेढ हप्ताको अवधिमा संकलन गरिएको तथ्यांक अनुसार जुम्लाका आठै स्थानीयतहमा गरि ४८ जना सडक मानव भेटिएका हुन् । जस मध्य ४ जनाको भर्खरै उद्दार गरिएको छ सामाजिक विकास कार्यालय जुम्लाले जिल्लाका आठै तहमा संकलन गरेको तथ्यांक अनुसार हाल बेवारिस्से अबस्थामा ४४ […]