जुम्लाबाट ओलीलाई संविधानकाे धारा पठाइयाे

  ।   २५ पुष २०७७, शनिबार १०:४२

नेकपा प्रचण्ड पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको धारासहित विराेध पत्र बुझाएको छ।

शुक्रबार नेकपा जुम्लाले जिल्ला प्रशासन कार्यालयमार्फत विराेध पत्रसहित संविधानकाे धारा ७६ र ८५ पठाएको नेकपा जुम्लाका अध्यक्ष विरबहादुर कुवँरले बताए।

ओलीविरुद्ध नारा जुलुससहित प्रशासन कार्यालय पुगेको अध्यक्ष कुँवर नेतृत्वकाे टाेलीले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदमकाे विराेध गरेकाे हाे।

‘प्रधानमन्त्रीले नेपाली जनताको न्यायपूर्ण आन्दोलनको उलब्धिको रुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई समेत ध्वस्त पार्ने प्रतिगामी र निरंकुश कदम चालेका छन्। त्यसैले देशभक्त जनता यसकाे विपक्षमा उत्रिएका हुन,’ अध्यक्ष कुँवरले भने। विरोध पत्रमा संविधानको रक्षा र कार्यान्वयन गर्नुको साटो मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने योजनाअनुसार प्रधानमन्त्रीले असंवैधिनक रुपमा प्रतिनिधिसभा विघटन गरेको उल्लेख छ।

नेकपा प्रचण्ड पक्षले संसद विघटनविरुद्ध सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने, प्रधानमन्त्रीको पुल्ला दहन गर्ने, लाल्टिन जुलुस, सहित विभिन्न कार्यक्रम गरिरहेको गरिसकेको छ।

प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा संविधानको पालन नगरेको र उनले संसद विघटन गर्दा आधार मानेको संविधानको धाराले संसद विघटन गर्न नमिल्ने भन्दै उनीहरुले ओलीकाे विराेध गर्दै आइरहेको हाे।

Next Post

सेना हिँड्ने बाटो

२५ पुष २०७७, शनिबार १०:४२
हरेक राष्ट्रमा ‘सेना कता जान्छ’ भनेर हेर्ने गरिन्छ । अपवादबाहेक, सजीव सेना राष्ट्रघातको मतियार बन्दैन । राष्ट्रघातीको हतियार पनि बन्दैन । ब्रिटेन, फ्रान्स, जर्मनी, चीन, भारत र अमेरिका जस्ता राष्ट्रमा मात्र होइन, मान्मा (बर्मा) जस्ता शक्तिहीन राष्ट्रको सेनाले समेत मातृभूमिको अपमान भएको सहेर बसेन । केही राष्ट्रमा ‘प्रोफेसनल’ जामा लगाएको […]