गुठिचौर गाउँपालिकामा जनतासंग उपाध्यक्ष कार्यक्रम

  ।   १४ बैशाख २०७८, मंगलवार १५:५७

जुम्ला,बैशाख १३।
जुम्लाको गुठिचौर गाउँपालिकाले जनतासंगको सम्बन्धलाई नजिक बनाउनको लागि जनतासंग उपाध्यक्ष कार्यक्रम शुरु गरेको छ । विपन्न नागरिकलाई सम्मान र संवोधन गर्न र जनसेवाका कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि जनता संग उपाध्यक्ष कार्यक्रम शुरु गरेको हो ।
उपाध्यक्ष जानदेवी ऐडीले पहिलोपटक जनता संग उपाध्यक्ष कार्यक्रम सञ्चालन भएको बताइन । उनले भनिन्,‘यो कार्यक्रमले जनसम्बन्धलाई विस्तार बनाउदै प्रभावकारी कार्य सम्पादन गर्न सघाउ पुर्याउनेछ ।’ उनका अनुसार पहिलोपटक जिल्ला प्रशासन कार्यालय जुम्लामा सुचिकृत भएका शहिद,घाइते,अपाङ्ग र अति बिपन्न नागरिकलाई कोरियन ब्लांकेट उपलब्ध गराएको हो ।
गाउँपालिका भित्रका १ सय २० जनालाई ब्लांकेट दिइएको गुठिचौर गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका ३ देखि ५ वडा सम्मका नागरिकलाई गाउँपालिकामै बोलाएर ब्लांकेट बाँडेको हो । वडा नं. १ र २ को मणिसाँघुमा क्लांकेट वितरण हुने गाउँपालिकाले बताएको छ ।
व्यवस्था परिवर्तनका लागि योगदान दिने शहिद,घाइते, अपाङ्ग र अतिविपन्नलाई गाउँपालिकाबाट उच्च मुल्यांकन गरिएको भन्दै उनीहरुको सम्मानका लागि सदैव तयार रहेको उनले बताइन ।

घरदैलोमा स्थानीय सरकारको आभाष दिलाउनको लागि जनतासंग उपाध्यक्ष कार्यक्रम सञ्चालनमा आएको हो, उनले भनिन्,‘यो पहिलो बर्ष भएकोले सम्मानस्वरुप ब्लांकेट उपलब्ध गराएका छौँ । आगामी दिनमा कार्यक्रमलाई प्रभावकारी बनाउन लागि पर्नेछौँ । यो गाउँपालिकाको प्रतिबद्धता हो । ’
गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारी,उपाध्यक्ष जानदेवी ऐडी र प्रमुख प्रशासकीय अधिकृत मदन देवकोटाले संयुक्त रुपमा ब्लांकेट उपलब्ध गराएका हुन । जनता संग उपाध्यक्ष कार्यक्रमका लागि ४ लाख ९८ हजार रुपैयाँ विनियोजन गरिएको थियो । गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले राज्य तथा विद्रोही दुबै पक्षबाट शहिद,जनआन्दोलन तथा जनयुद्धका क्रममा घाइते भएका तथा स्थानीय प्रशासनमा सुचिकृत भएका व्यक्ति, अपाङ्ग र अतिविपन्न नागरिकलाई ब्लांकेट दिइएको हो ।
लामो समयपछि शहिद, घाइतेको सम्मान गरेकोमा स्थानीयले खुसि ब्यक्त गरेका छन । काठमाण्डौँमा केन्द्रीत सिंहदरवार हरेक गाउँनगरमा आइपुगेको छ । गाउँमा सिंहदरवार ल्याउनको लागि शहिद र घाइतेको योगदान अतुलनीय छ । उनीहरुको दुखमा मलहम पट्टी लगाउनु स्थानीय सरकारको जिम्मेवारी हो । अध्यक्ष भण्डारीले भने,‘यो कार्यक्रम मार्फत शहिद घाइतेलाई सम्मान गरिरहेका छौँ । ’ शहिद,घाइते,अपांङ्ग र अतिविपन्न नगारिक गाउँपालिका भर १ सय २० जना छन ।

 

Next Post

भुमि समस्या समाधान आयोग विज्ञान प्रविधिमैत्री बन्दैछ : अध्यक्ष ज्ञवाली

१४ बैशाख २०७८, मंगलवार १५:५७
गोल्डेन बुढा, जुम्ला,बैशाख १४। भुमि सम्बन्धि समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले सुकुमबासीको नाममा हुकुमबासीको हैकम नचल्ने बताएका छन । उनले विगतमा जस्तो जथाभावी पहिचान नगरेर सुकुम्बासीका नाममा जमिन दिने कार्य नहुने बताएका छन । पहिले पावर,पहुँच र नातागोताका आधारमा जमिन दिने गरिएको भएपनि अब त्यसो नहुने उनले बताए । […]