लागुऔषध दुर्व्यसनी विरुद्ध जुम्ला प्रहरीको अभियान

  ।   ५ चैत्र २०७७, बिहीबार ०८:४०

जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध विरुद्ध सचेतना अभियान थालेको छ । लागुऔषध सेवनका कारण कुनै पनि युवाको भविष्य नबिग्रियोस भन्नका लागि प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत सचेतना अभियान थालेको हो ।प्रहरीको यो अभियानमा जिल्ला प्रशासन कार्यालय,उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयको दह्रो साथ छ । वकिल कार्यालयहरुले समुदायमा सरकारी वकिल कार्यक्रम लिएर लागुऔषध विरुद्धको अभियान संगै कानुनी ज्ञान प्रदान गरिरहेका छन ।


प्रहरीले विद्यालय,ट्युसन सेन्टर, समुदाय, टोल र बस्ती सम्मै पुगेर सचेतना गर्न थालेपछि स्थानीय उत्साहित छन् । यसैबीच बुधवार कर्णाली प्राविधिक शिक्षालयमा कार्यरत शिक्षक, शिक्षिका र विद्यार्थीहरुलाइ सचेतना दिइएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी प्रहरी निरीक्षक युवन कुमार चौधरीले सरकारी वकिल कार्यालयले कानुनी ज्ञान समेत दिएको बताए । उनले भने,“प्रहरी कार्यालय लागुऔषध दुव्र्यसनी, यसले स्वास्थ्य र समाजमा पार्ने नकरात्मक असरका बारेमा सचेत गर्छ । सरकारी वकिल कार्यालयले कानुनी ज्ञान दिन्छ । कानुनी ज्ञान र सचेतना संगसंगै अघि बढाउदा यो अभियान प्रभावकारी बनेको छ । ” सरकारी वकिलहरुले मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएका नयाँ कानुनी प्रावधानहरु र जवरजस्ती करणी कसुरका बिषयमा प्रस्तुतिकरण गर्छन । एक आपसमा सवाल जवाफका माध्यमबाट प्रष्ट पार्ने गरेका छन ।


जुम्ला प्रहरी प्रमुख दानबहादुर थापा लागुऔषध दुव्र्यसनी विरुद्ध लाग्न जुम्लाबासीलाई आग्रह गर्छन । पछिल्लो समयमा यहाँ लागुऔषध दुव्र्यसनीका क्रियाकलाप बढिरहेका छन, उनले भने,“सबै मिलेर लागु औषध विरुद्धको अभियानमा जुटौँ । सभ्य र सु संस्कृत समाज निर्माणमा सहभागि बनौँ । ” जिल्ला सरकारी वकिल कार्यालय जुम्लाका निमित्त जिल्ला न्यायधिवक्ता श्यामहरी अधिकारीले मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको नयाँ कानुनी प्रावधानहरु तथा जवरजस्तीकरणी कसुर बारेमा स्पष्ट पारेका छन । स्पष्ट कानुनी ज्ञान नहुँदा अहिले अपराधिक क्रियाकलाप बढिरहेका छन । उनले भने,“समुदायमा सरकारी वकिल कार्यक्रमबाटै कानुनी ज्ञान छर्ने कार्य भइरहेको छ । यो निकै महत्वपुर्ण र उपलब्धिमुलक बन्नेछ । ”
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले विद्यार्थी, शिक्षक बीचमा सवालजवाफ गरेर स्पष्ट पार्ने प्रयास गरेका थिए । उनले भने,“विद्यार्थी भविष्यका कर्णधार हुन । देश निर्माण गर्ने कुशल जनशक्ति पनि । त्यसैले लागुऔषध दुव्र्यसनीमा लाग्नु हुदैन । गाउँ वस्ती टोलमा लागुऔषध विरुद्धको अभियानलाई साथ दिनुपर्छ ।”


उनले कर्णाली प्राविधिक शिक्षालयमा कुनै पनि विकृति जन्य क्रियाकलाप नहुने विश्वास व्यक्त गरे । सहभागिको सवालमा प्रमुख जिल्ला अधिकारी थापा,सह न्यायधिवक्ता गौतम र प्रहरी नायव उपरिक्षक थापाले सहजीकरण गरेका थिए ।
सचेतनामुलक कार्यक्रममा शिक्षालयका प्रिन्सीपल, शिक्षक,शिक्षिका,कर्मचारी, विद्यार्थी र चन्दननाथ नगरपालिका ३ का जनप्रतिनिधि सहितको सहभागिता थियो । प्राविधिक शिक्षालयका प्रिन्सीपल टेकेन्द्र थापाले लागुऔषध विरुद्धको सचेतना र कानुनी ज्ञानका बिषयमा सचेतना फैलाउने कार्य निकै उदाहरणीय रहेको प्रतिक्रिया दिए । उनले भने,“यो काम निकै प्रसंसनीय छ । आगामी दिनमा पनि सचेतनाका क्रियाकलापका लागि प्राविधिक शिक्षालय समन्वय गर्नेछ । यो कार्यले प्राविधिक शिक्षालयमा भइरहने विकृति जन्य क्रियाकलाप न्युनिकरण हुने अपेक्षा छ । ” यसअघि उच्च मावि, निमावि र पालिका स्तरमा सचेतनाका क्रियाकलाप भइसकेका थिए ।

Next Post

मुख्यमन्त्रीले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्छ : यामलाल कँडेल (अन्तर्वार्ता)

५ चैत्र २०७७, बिहीबार ०८:४०
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र फेरि पूर्ववत अपवस्थामा फर्केपछि बसेको कर्णाली प्रदेशको नेकपा एमाले संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्‍यो। योसँगै कर्णालीको राजनीति फेरि एक पटक गर्माएको छ । ४० सदस्यीय प्रदेशसभामा एमालेका २० जना सांसद छन् । […]

सम्बन्धित