जुम्लामा ११६ जनाले जिते कोरोना

  ।   ७ जेष्ठ २०७८, शुक्रबार १६:५०

जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांक अनुसार ११६ जना संक्रमिले कोरोना जितेर घर फर्किएका छन । बैशाख ८ गतेदेखि हाल सम्म ३२१ जना संक्रमित भएकोमा ११६ जना संक्रमितले कोरोना जितेका हुन । कोरोना संक्रमित थपिदँै गएपछि निको भएर घर फर्किनेको संख्या पनि राम्रै देखिएको छ ।
शुक्रवार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५१ जनाले पिसिआर परिक्षण गरेकोमा १२ जनामा पोजेटिभ देखिएको थियो । ३९ जनाको नेगेटिभ रिर्पोट आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।
यसैगरी ८४ जनाले एन्टीजेन परिक्षण गरेकोमा सबैको रिर्पोट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । उनका अनुसार २३ जना संक्रमितको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।

Next Post

कोरोना उपचारका नाममा मनपरी नगर्न जुम्ला प्रशासनको आग्रह

७ जेष्ठ २०७८, शुक्रबार १६:५०
जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना रोकथाम तथा नियन्त्रणको नाममा जथभावी रकम संकलन गर्ने कार्य नगर्न आग्रह गरेको छ । गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको पत्रानुसार विभिन्न जिल्लाहरूमा कोभिड–१९ उपचार, रोकथाम तथा नियन्त्रणको नाममा आफूखुसी रकम जम्मा गर्ने अभियान चलेको भन्ने सूचना प्राप्त भएकोले त्यसो नगर्न आग्रह गरिएको […]