यी हुन् पाटन, पोखरा र कर्णालीमा उपकुलपतिका लागि प्रारम्भिक सूचीमा परेका ३१ उम्मेदवार

  ।   ८ चैत्र २०७७, आईतवार २१:२४

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका आवेदकमध्ये पहिलो सूची प्राकाशित गरेको छ।

प्राम्भिक सूचीमा कर्णालीमा १३, पोखरा र पाटनमा ९/९ जना गरी ३१ जनाको नाम सार्वजनिक गरिएको छ।

उपकुलपति सिमारिस समितिले तीनवटै प्रतिष्ठानका उपकुलपतिका लागि फागुन २४ गते आवेदन माग गरेको थियो।स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा समिति बनाइएको छ।

उपकुलपतिका लागि पाटन र पोखरामा १२/१२ जनाको आवेदन परेको छ भने कर्णालीमा २१ जनाको आवेदन परेको थियो। आवेदन दिएकामध्ये समितिले कर्णालीमा १३, पोखरामा ९ र पाटनमा ९ जनाको सूची निकालेको हो।

हेरौं सूची

Next Post

लागुऔषध दुर्व्यसनी विरुद्ध विद्यार्थीलाई जुम्ला प्रशासनकाे सचेतना

८ चैत्र २०७७, आईतवार २१:२४
पछिल्लो समयमा लागुऔषध दुव्र्यसनीका क्रियाकलाप बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले जुम्लाका माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागुऔषध दुव्र्यसनी विरुद्धको सचेतना सञ्चालन गरेको छ । पहिलो पटक कर्णाली प्राविधिक शिक्षालयका विद्यार्थीलाई लागुऔषध दुव्र्यसन विरुद्धको सचेतना प्रदान गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले चन्दननाथ माध्यमिक विद्यालयका विद्यार्थीलाई दोस्रो पटक सचेतना […]