पथ्थर फोडेर फराकिलो सडक

  ।   ११ चैत्र २०७७, बुधबार २०:१८

कर्णाली राजमार्ग हुँदै नाग्म गमगडी जाने सडक खन्न कनकासुन्दरीको भिड निकै चुनौति थियो । कडा पथ्थर फोडेर सडक बन्ला भन्ने कसैले अपेक्षा गरेका थिएनन् । हिडडुल गर्ने सबैले त्यो क्षेत्रमा निकै साँघुरो सडक र जोखिमपूर्ण हुने बताउँथे । तर भिर फोडेर सडक बनेपछि स्थानीय चकित छन् ।

भिर भएको क्षेत्रमा ६ देखि ७  मिटर सडक खनिएको छ । अहिले यात्रा पनि सहज भएको छ । जोखिम पनि धेरै कम । ठूला सवारीसाधन आवतजावत गर्न कठिन थियो । मोडमा समस्या थियो । डिभिजन सडक कार्यालय जुम्लाका अनुसार भिर क्षेत्रमा पर्ने एक हजार ८ सय मिटर सडक फराकिलो बनेको छ ।

डिभिजन सडक प्रमुख लिलाबहादुर भण्डारी नाग्म गमगडी सडक सहज हुदै गएको बताउँछन । भिर फोडेर सडक चाक्लो बनाउने जिम्मा थोदुङ कन्स्टक्सनले लिएको थियो । २ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको थियो । डिभिजन सडक प्रमुख भण्डारीले भने,“अनुगमनमा जाँदा काम सन्तोषजनक देखियो । अब यात्रा पनि सहज हुने र जोखिम निकै कम हुने देखिन्छ । ”

यो भिरमा सडक सहज भए संगै अब नाग्म गमगडी सडकको यात्रा सहज हुने भएको छ । नाग्म गमगडी सडकको धेरै जसो क्षेत्रमा बाटो सुधार भएको र बन्ने क्रम जारी भएकाले यो आर्थिक वर्षमा गाडी सजिलै गुड्नेगरी काम भईरहेको डिभिजन सडकले जनाएको छ ।

डिभिजन प्रमुख भण्डारी भने,“ धेरै जसो स्थानमा सुधार भएको छ । सबैभन्दा बढि हिलो क्षेत्र सिञ्जाको घोडेङ्गामा सुधार भयो । गोठिज्यूला पनि गाडी अड्किने सम्भावना छैन । रोकायावाडामा पनि सुधार भएको छ ।

सडक हिलो र खाल्डाखुल्डीले गर्दा रारा सिञ्जा जाने पर्यटकहरुलाई सास्ती भईरहेको समयमा ग्राभेल र स्तरवद्धि पछि सजिलो हुने भएको छ । कनकासुन्दरी गाउँपालिका र मुगुको सिमाना भुलभुले देखी सातमोड सम्म ग्राभेल भएको छ । गाडी बर्खा याममा सजिलै गुडन सक्नेछन ।

मुगुको पिना गाउँ अघि ग्राभेल गर्नु पर्ने र ताल्चा विमानस्थलको उकालोमा ग्राभेल गर्नु पर्ने मात्र बाँकी  छ । यो आर्थिक बर्षमै यो काम हुनेछ ।  नाग्म गमगडी राजमार्गको १३ किलोमिटर सडक ग्राभेल यही आर्थिक बर्षमै हुने डिभिजन सडक कार्यालयले जनाएको छ ।  स्थानीय निर्माण व्यवसायी बलबहादुर शाही र सुभाष महत ग्राभेलो जिम्मेवारी लिएका छन ।  काम शुरु भइसकेको छ ।  सडक स्तरउन्नतीका लागि २० करोड रुपैयाँ माग गरिएको छ ।

नाग्म गमगडी राजमार्गमा निर्माण व्यवासयीले काम लिने तर छोडेर जाने प्रवृत्तिले ढिलाई भएको थियो  । यो वर्ष काम धमाधम भइरहेको छ ।

Next Post

कर्णाली स्वास्थ्य प्रतिष्ठानकाे उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

११ चैत्र २०७७, बुधबार २०:१८
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेस त्रिपाठीको अध्यक्षतामा गठन भएको कर्णाली, पाटन र पोखरा र स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति सिफारिस समितिले कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिस्पर्धीको नाम सिफारिस गरेको छ। मन्त्रालय स्रोतका अनुसार बुधबार तीनवटै प्रतिष्ठानका लागि तीनरतीन जनाको नाम सिफारिस गरेको हो।  उपकुलपतिका लागि सबैभन्दा बढी आवेदन परेको […]