कर्णाली स्वास्थ्य प्रतिष्ठानकाे उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

  ।   १२ चैत्र २०७७, बिहीबार १८:४८

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेस त्रिपाठीको अध्यक्षतामा गठन भएको कर्णाली, पाटन र पोखरा र स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति सिफारिस समितिले कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिस्पर्धीको नाम सिफारिस गरेको छ।

मन्त्रालय स्रोतका अनुसार बुधबार तीनवटै प्रतिष्ठानका लागि तीनरतीन जनाको नाम सिफारिस गरेको हो।  उपकुलपतिका लागि सबैभन्दा बढी आवेदन परेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि सिफारिस समितिले प्रा.डा.रेशम राना, डा.पुजन कुमार रोकाया र डा. मंगल रावलको नाम सिफारिस गरेको छ।

भर्खरै पिजी पढाइ सुरु भएको र एमबिबिएस अध्ययनको तयारी रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि भने स्वास्थ्य मन्त्री र प्रधानमन्त्री दुबैको पहिलो रोजाइमा प्रतिष्ठानमै काम गर्ने स्थानीय रहेको बुझिएको छ। प्रतिष्ठानका कर्मचारी र कर्णालीका जनप्रतिनिधीहरुले भने कर्णाली बसेर प्रतिष्ठान बुझेको र कर्णाली चिनेको कर्णालीकै योग्यता पुगेको व्यक्ति उपकुलपति हुनुपर्छ भन्दै दबाब दिदै आएका छन्।

सिफारिस भएका तीनजनामा राना प्रतिष्ठानका डिन हुन भने रोकाया पूर्व मेडिकल डाइरेक्टर हुन। उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना कालदेखि कार्यरत डाक्टर हुन भने प्रतिष्ठानले स्थाइ गरेका मध्ये सिनियर स्थाई विशेषज्ञ चिकित्सक हुन।

उनी प्रतिष्ठानमा आएदेखि हाडजोर्नीका बिरामीहरुले उपचार नपाएर बाहिर जानु नपरेको प्रतिष्ठानको तथ्यांक छ। त्यस्तै सिफारिस भएका मध्ये अर्का डा. रावल प्रतिष्ठानका कार्यकारी उपकुलपति हुन्। सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. डुक बहादुर (डिवी) क्षेत्री, प्रा.डा. ध्रुव अधिकारी र प्रा।डा। श्रीकृष्ण श्रेष्ठको नाम सिफारिस समितिले गरेको हो। पोखराको उपकुलपतिका लागि १२ जनाले आवेदन दिएका थिए।

त्यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रतिष्ठान भित्रैका २ प्राध्यापक र १ बाहिरका रहेका छन्। सिफारिस हुनेमा प्रा.डा. राजेशनाथ गंगोल, प्रा.डा.दानबाहादुर कार्की रहेका छन्।

Next Post

नेपाल पत्रकार महासंघ जुम्लाको निर्वाचनमा शाही र देवकोटा मैदानमा

१२ चैत्र २०७७, बिहीबार १८:४८
यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघ शाखा जुम्लाको निर्वाचनमा पत्रकार नेत्रबहादुर शाही र एलपी देवकोटा मैदानमा उत्रिएका छन । शाही गोरखापत्र, उज्यालो नेटवर्कका समाचारदाता हुन । उनको सम्पादकत्वमा कर्णाली सरोकार दैनिक प्रकाशित भइरहेको छ । देवकोटा कान्तिपुर दैनिकका समाचारदाता हुन । प्रेस सेन्टर नेपालबाट शाही अध्यक्षको उम्मेदवार बनेका […]