कर्णालीमा चैतेदशैँमा सार्वजनिक बिदा

  ।   ७ बैशाख २०७८, मंगलवार १३:२५

कर्णाली प्रदेश सरकारले चैतेदशैँका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैतेदशैँका अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो।

कर्णालीमा चैतेदशैँलाई अन्य चाडपर्व झैँ उत्सवका साथ मनाउने गरिन्छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेशअन्तर्गतका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्थालगायतमा बिदा लागू हुने जनाएको छ। प्रदेश सरकारले चैतेदशैँका अतिरिक्त धान दिवस, प्रदेश शहीद दिवसमा पनि सार्वजनिक बिदा दिँदै आएको छ। रासस

Next Post

आमालाई पोषिलो खाना,बच्चालाई न्यानो कपडा

७ बैशाख २०७८, मंगलवार १३:२५
जुम्लाको तिला गाउँपालिकाले सुनौलो हजार दिन भित्रका आमाहरुलाई उपाध्यक्षको पोषण कोशेली कार्यक्रम प्रारम्भ गरेको छ । आमा र बच्चालाई स्वस्थ राख्न सकेमात्र परिवार, समाज, समुदाय र सिंगो देशको विकास एवं समृद्धिमा सहयोग पुग्छ भन्ने मान्यतालाई केन्द्रमा राखेर सुनौलो हजार दिनभित्रका आमासँग उपाध्यक्ष कार्यक्रम प्रारम्भ गरेको हो । यो कार्यक्रम अन्र्तगत […]