कोभिड खोपले त्रास हटाउँदै,आत्मबल बढाउँदै

  ।   ६ आश्विन २०७८, बुधबार १९:२४

जुम्ला,असोज ६।
पछिल्लो समयमा कोभिड खोप लगाउन थालिएपछि कोभिड त्रास हट्न थालेका छन । खोप ढुक्कता प्रदान गर्नुका साथै आत्मबल बढाउने काम गरेको स्थानीय बताउँछन । खोप नआउँदा सम्म निकै अन्यौल थियो । जताततै कोरोना संक्रमणको खतरा थियो । गाउँ देखि सहर सम्म निकै त्रास थियो ।अहिले कोरोनाको खोप लगाउन शुरु भएपनि स्थानीय निकै खुसी छन ।
स्थानीय जसबहादुर बोहोराले भने,‘पहिले खोप नै नलगाएर कोभिड जित्यौँ । अव कोरोना खोप लगाएर कोभिड विरुद्ध लड्दैछौँ । अब ढुक्क छौँ । तर स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न छाडेका छैनौँ । ’ जिल्ला स्वास्थ्य सेवा कार्यालय जुम्लाका अनुसार हाल सम्म २४ हजार ६ सय ४८ जनाले खोप लगाइसकेका छन । जसमध्ये १९ हजार ८ सय ४७ जनालाई पुणर् खोप अर्थात दोस्रो खोप समेत लगाईसकेका छन्। जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले भने,‘तत्काल १८ बर्ष भन्दा माथिका ४१ हजार जुम्लाबासीलाई कोभिड विरुद्धको खोप लगाउने तयारी भइरहेको छ । यही असोज ९ गते देखि खोप अभियान चल्छ । ४१ हजार ६ सय ७६ जनाले तत्काल खोप पाउनेछन । ’
जिल्लाको कुल जनसंख्याको ३३ प्रतिशत नागरिकलाई खोप लगाउने सरकारी निर्देशन छ । उनले भने,‘त्यही निर्देशनका आधारमा खोप अभियान शुरु हुनेछ । यो बीचमा पहिलो खोप लगाएका लाई दोस्रो डोज दिने र खोप नै नलगाएकालाई पहिलो डोज खोप लगाइनेछ । ’
खोप अभियानमा आवश्यकता अनुसार स्वास्थ्यकर्मी, महिला स्वयमसेविका र युवा परिचालन गर्ने तयारी भइरहेको छ ।
खोप लगाएपछि स्थानीय निर्धक्क भएर हिडडुल गरिरहेका छन । तर स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्ने भनिएको छ । जनस्वास्थ्य प्रमुख सापकोटाले भने,‘खोप लगाएको व्यक्तिलाई पनि कोभिड हुन सक्छ । त्यही भएर उच्च सावधानी अपनाउनै पर्छ । यो हरेक नागरिकको जिम्मेवारी भित्र पर्छ । ’
यहाँका ८ वटा स्थानिय तहमा दुईचरणमा खोप लगाईने छ । तालिम प्राप्त स्वास्थ्यकर्मी सहित जुम्लामा ५ सय ४७ जना स्वयम्सेविका परिचालन हुनेछन् । प्रत्यक पालिकामा खोप केन्द्र राखिनेछ । सदरमुकाम खलंगामा बस्नेको हकमा प्रतिष्ठानलाई खोप केन्द्र तोकिने छ
१८ वर्ष माथिका सबैले खोप लगाउने भएकोले कोहि छुटन नहुने जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । कोहि नदोहोरिन,कोही नछुटुन भन्ने मान्यताका साथ खोप अभियान शुरु हुन लागेको छ, उनले भने,‘खोप केन्द्रमा अनुशासित मर्यादित हिसावले आउनुहोला ।’
कणर्ाली प्रतिष्ठान र जिल्लाभरीका ३० स्वास्थ्य चौकी सहित ३२ खोप केन्द्र हुनेछन । प्रत्यक पालिकाको एक स्वास्थ्य चौकीलाई व्यवस्थापन केन्द्रका रुपमा तोकिएको छ । खोप लगाउन आउँदा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नु पर्नेछ । खोप लगाउँदा संक्रमण हुने डर कम हुन्छ भनेर प्रचारप्रसार गर्न समेत आग्रह गरिएको छ ।
हाल जुम्लामा ४१ हजार ७ सय ४० डोज खोप आइपुगेको छ । खोपको उचित भण्डारण गरिएको छ । भ्याक्सिन लगाउँदैमा कोरोना नलाग्ने भन्ने छैन । तर रोग प्रतिरोधात्मक क्षमता बढाउन खोप अनिवार्य भएको चिकित्सकले बताएका छन् । जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले सबै नागरिकलाई खोपको पहुँचमा पुराउने सरकारको लक्ष्य सफल पार्न सबै नागरिकलाई खोप लगाउन आग्रह गरिन् । १८ वर्ष माथिका सबै नागरिक खोपको पहुँचमा आउने गरि तयारी व्यापक गर्न समेत स्वास्थ्य संस्थालाई निर्देशन दिइन ।
उनले भनिन्,‘कोभिड सबैको साझा समस्या हो । कुनै एक व्यक्ति संस्थाले नियन्त्रणमा लिन सक्ने अवस्था छैन । सबैको सामुहिक प्रयासले मात्र कोरोना रोकथाम तथा नियन्त्रण संभाव छ । कोभिड खोप लगाउन आउनुस । स्वास्थ्य सुरक्षाको मापदण्ड सबै पालना गर्नुस । कोरोना नियन्त्रण र रोकथाम टाढाको बिषय छैन ।
कोरोना खोप लगाएपछि यहाँका स्थानीयले अहिले गाउँबस्तीमा त्रास हटेको छ । विकास निर्माणका काम पहिलेको लयमा फर्कन थालेका छन । विद्यालय सञ्चालन भएका छन । यातायात सेवा निर्वाध रुपमा सुचारु भएका छन । कोभिडले थलिएको यहाँको जनजीवन सामान्य बन्दै गइरहेको छ ।

Next Post

पत्रकार एलपी देवकोटा ‘युवा पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत

६ आश्विन २०७८, बुधबार १९:२४
जुम्ला । नेपाल पत्रकार महासंघ जुम्लाका सल्लाहाकार एवं नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एलपी देवकोटा प्रेस काउन्सिलले प्रदान गर्ने युवा पत्रकारीता पुरस्कारबाट पुरस्कृत भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रमका बीच देवकोटालाई युवा पत्रकारीता पुरस्कार प्रदान गरेकी हुन । गत भदौ ३० गते आफ्नो वार्षिक उत्सवको अवसरमा युवा पत्रकारीता […]