पातारासीको विद्यालयमा मोहनकृष्ण अक्षयकोष स्थापना

  ।   १२ बैशाख २०७८, आईतवार १२:३१

गोल्डेन बुढा 
जुम्ला,बैशाख १२ ।
काठमाण्डौँ चावहिल निबासी हाल नाइजेरीयामा रहेका समाजसेवी प्रकाश कान्त सिलवालले जुम्लाको पातारासी गाउँपालिका स्थित सरस्वती माध्यमिक विद्यालय तल्फीमा मोहनकृष्ण अक्षयकोष स्थापना गरेका छन । हरेक बर्ष गरिब तथा अतिविपन्न एक छात्रा र एक छात्रले छात्रवृत्ति पाउन भन्ने हेतुले एक लाख एक हजार एक सय ११ रुपैयाँको मोहनकृष्ण अक्षयकोष स्थापना गरेका हुन ।
प्रकाश कान्तले अक्षयकोषका लागि नाइजेरीयाबाट पठाएको रकम नेपाली सेनाको श्री नम्बर २४ बाहिनीअड्डाका बाहिनीपति सहायकरथी यमबहादुर सापकोटा र उनकी धर्मपत्नी सुनिता सापकोटाले विद्यालयमै गएर रकम हस्तान्तरण गरेका हुन । उनीहरुले गाउँपालिका अध्यक्ष लछिमान बोहोरालाई रकम हस्तान्तरण गरेकोमा गाउँपालिका अध्यक्ष बोहोराले विद्यालयका निमित्त प्रधानाध्यापक गणेशदत्त जोशीलाई दिएर अक्षयकोषका लागि आएको रकमको सहि सदुपयोग गर्न सुझाव दिए ।
प्रकाश कान्तले आफ्ना स्वर्गिय माता मोहनकुमारी सिलवाल र बुवा स्वर्गिय कृष्णदेव सिलवालको स्मृतिमा मोहनकृष्ण अक्षयकोष स्थापना गरेका हुन । जुम्लाको एक दुर्गम विद्यालयमा नाइजेरीयाबाट प्रकाश कान्तले अक्षयकोषका लागि पठाएको रकम दिन पाउँदा उत्साहित छौँ, बाहिनीपति सहायकरथी सापकोटाले भने,‘विद्यालयमा गरिएको यो लगानी निकै प्रभावकारी र लाभदायक हुनेछ । यहाँको गरिब तथा विपन्न बालबालिकाको लागि केही हौसला बन्ने विश्वास गरिएको छ । ’
बाहिनीपति सापकोटा नेश्नल डिफेन्स कलेज कोर्ष पुरा गर्न नाइजेरीया गएको बेला प्रकाश कान्त सिलवाल संग भेटघाट भएको थियो । सापकोटाको नाइजेरीयामै सहायकरथीमा पदोन्नती भएर जुम्ला कार्यक्षेत्र तोकियो । म जुम्ला जादैँछु, यहाँ केही समाजिक काम गर्ने धोको छ भनेर भावना साटेको थिए, बाहिनीपति सापकोटाले भने,‘प्रकाश कान्तले शिक्षामा लगानी गर्ने इच्छा जाहेर गर्नु भयो । उहाँको त्यो धोको अहिले पुरा गर्ने अवसर मिल्यो । फलस्वरुपमा सरस्वती माबि तल्फीमा मोहनकृष्ण अक्षयकोष स्थापना भयो । ,
प्रकाश कान्तको पुख्यौँैली घर पाल्पा हो । उनको बुबा कृष्णदेव नेपालको होजियारी उद्योगको संस्थापक हो । आमा पाल्पाको पहिलो महिला राजनीतिज्ञ । बाहिनीपति सापकोटाले भने,‘यो अक्षयकोषले केही हद सम्म राहत दिनेछ । विदेशमा रहेर पनि स्वदेश प्रति गरेको माया प्रति आभारी छौँ ।’
पातारासी गाउँपालिकाका अध्यक्ष लछिमान बोहोराले विदेशमा बसेर जुम्लाको दुर्गम विद्यालय छनौट गरि अक्षयकोष स्थापना गरेकोमा खुसि व्यक्त गरे । विद्यालय नजिकै दलित बस्ती भएकोले निकै राहत मिल्नेछ । उनले बैंकमा गएर मोहनकृष्णको नामबाट अक्षयकोषको मुद्धती खाता खोल्न आग्रह गर्दै प्रत्येक बर्ष आउने ब्याजले अतिविपन्न विद्यार्थीलाई छात्रबृत्तिको व्यवस्था गर्न निर्देशन दिए । उनले भने,‘विद्यालयमा अक्षयकोष स्थापना गर्नु निकै राम्रो बिषय हो । यो कार्यले अति विपन्न विद्यार्थीलाई विद्यालय सम्म ल्याउन उत्साह दिनेछ । यो रकमबाट नियमित रुपमा एक छात्रा र एक छात्रलाई छात्रबृत्ति दिने व्यवस्था गर्नुहोला । ’
उनले पातारासीका हरेक विद्यालयमा अक्षयकोष स्थापना गर्ने गाउँपालिकाले नीति लिने बताए । गाउँपालिका अध्यक्ष बोहोराले भने,‘नाइजेरीयाबाट अक्षयकोषका लागि लगानी गर्नु भएकोमा प्रकाश कान्त सिलवाल ज्यु प्रति क्रृणी छौँ । अन्य स्रोतबाट पनि अक्षयकोषमा रकम थप्छौँ । यहाँका हरेक विद्यालयमा अक्षयकोष खोल्छौँ । यो गाउँपालिकको प्रतिबद्धता हो । ’
विद्यालयका निमित्त प्रधानाध्यापक गणेशदत्त जोशीले भौतिक तथा आर्थिक हिसावले कमजोर दुर्गमको विद्यालयमा लगानी गरेर उत्साह थपिदिएको बताए । उनले भने,‘अहिले सम्म दुर्गमका विद्यालयमा कसैको नजर पुगेको थिएन । विदेशमा रहेका नेपालीको मनले गरेको यो साथ जुम्लाको शिक्षा क्षेत्रमा गरिएको नमुना कार्य हो, उनले भने,‘यो कार्यको उच्च प्रसंसा गछौँ । शिक्षामा गरेको लगानीको सहिसदुपयोग गछौँ । ’
अक्षयकोषको रकम हस्तान्तरण गर्न श्री नम्बर २४ बाहिनीअड्डाबाट बाहिनीपति सहायकरथी यमबहादुर सापकोटा उनको धर्मपत्नी सुनिता सापकोटा, मेजर धिरज थापा र स्थानीय सरकारका प्रमुख लछिमान बोहोरा,प्रमुख प्रशासकीय अधिकृत टेक बढ्थापा, शिक्षक जयबहादुर महत सहितको टोली पुगेको थियो ।
टोलीलाई विद्यालय र गाउँलेले फुलमाला, अबिर र खादा लगाएर स्वागत गरेका थिए । बाहिनीपतिको धर्मपत्नी सुनिता सापकोटाले विद्याथीलाई मिठाइ बाडिन । नाइजेरीयामा रहेका समाजसेवी प्रकाश कान्तले विद्यालयमा गरेको लगानीले यहाँको शैक्षिक क्षेत्रमा उर्जा मिलेको स्थानीय बताउँछन ।

Next Post

अन्योलमा स्वास्थ्य बिमा

१२ बैशाख २०७८, आईतवार १२:३१
कम्पनीहरूले हालसम्म १९ लाख  बढी कोरोना बिमा लेख बिक्री गरेका छन्। जसमध्ये ६० हजार पाँच सय ८७ जनालाई पाँच अर्ब ८५ करोड रूपैयाँ भुक्तानी भइसकेको छ भने अब ५१ हजार जनालाई भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ। विश्वका अधिकतर मुलुकका बिमा कम्पनीहरूले कुनै पनि महामारीको बिमा गरेको देखिदैन। नेपालमा […]