मास्क लगाउन सचेत गराउँदै डिएसपी सडकमा,सुरक्षा मापदण्ड पालना गर्न आग्रह

  ।   १२ बैशाख २०७८, आईतवार १७:५२

सडकमा

गोल्डेन बुढा,
मुलुकमा कोरोना भाइरसको संक्रमण दर बढिरहेको बेला जुम्लाको प्रहरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन सडकमा निस्किएको छ । प्रहरीले सदरमुकाम खलंगाका विभिन्न क्षेत्रमा पुगेर स्वास्थ्य सुरक्षाका मापदण्डका अनिवार्य पालना गर्न आग्रह गरेको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी दानबहादुर थापाको नेतृत्वमा निस्किएको टोलीले जुम्ला सदरमुकाम खलंगाका चौक चौक र सडकमा निस्किएर माइकिङ गरेको हो । नेपालगञ्ज, सुर्खेत लगायतका जिल्लामा कोरोना संक्रमण उच्च रहेकोले समयमै जुम्लाबासीलाई सचेत बनाएको डिएसपीले थापाले जानकारी दिए । उनले भने,‘कोरोना कसैलाई सोधेर नलाग्ने भन्दै कोराना लाग्नु भन्दा लाग्न नदिने उपाय अवलम्बन गर्नु बुद्धिमानीपुर्ण हुनेछ । ’
प्रहरीले घरबाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न,सेनिटाइजर र साबुनपानीले राम्ररी हात धुन सचेतना गराएको हो । साथै २५ जना भन्दा बढि भेला नहुन र सामाजिक तथा ब्यक्तिगत दुरी कायम गरेर अघि बढ्न आग्रह गरेको हो ।
कोरोना भाइरस संक्रमणले दिनहुँ ज्यान गइरहेको छ, डिएसपी थापाले भने,‘समयमै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरौँ, कोरोना भाइरसबाट आफु पनि बचौँ,अरुलाई पनि बचाऔँ । ’ जिल्ला प्रहरी कार्यालय जुम्लाबाट निस्किएको टोली माइकिङ गर्दै पुरै बजार परिक्रममा गरेर फर्किएको थियो ।
कोरोना भाइरसलाई सामान्य नठान्न जिल्ला प्रहरी कार्यालय जुम्लाले अनुरोध गरेको छ । यो भाइरसलाई सामान्य नठान्नु होला, डिएसपी थापाले भने,‘समयमै सचेत नहुँदा हुने क्षतिले पछि पछुताउनु पर्ला । ’ उनले पसल तथा दोकानमा अनिवार्य रुपमा दुरी कायम गरेर मात्र बेचबिखन गर्न भनिएको छ ।प्रहरीले कोरोना भाइरसको लक्षण देखिने वित्तिकै नजिकैको स्वास्थ्य संस्था,आइसोलेन बेड तथा क्वारेन्टिमा सम्पर्क राख्न पनि सुझाएको हो ।

Next Post

फ्लोर क्रस गर्ने सांसद प्रदेशसभा सदस्यबाट निष्कासन

१२ बैशाख २०७८, आईतवार १७:५२
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी विश्वासको मत दिएका चारजना सांसदलाई नेकपा एमालेले प्रदेशसभा सदस्यबाट निष्कासन गरेको छ। संसदीय दलको निर्णय/निर्देशन (ह्वीप) उल्लंघन गरी संसदीय मर्यादा, अनुशासनको गम्भीर उल्लंघन गरी पक्षमा मतदान गरेको भन्दै एमालेले प्रदेशसभा सदस्यबाट प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढालाई निष्कासन गरेको […]