१५ मिनेटपछि बस्ने गरि संसद बैठक स्थगित

  ।   २७ बैशाख २०७८, सोमबार १३:२८

संसद बैठक १५ मिनेटपछि बस्ने गरि स्थगित भएको छ ।

संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई संसदको विश्वास छ भनेर गरेको प्रस्तावमा मतदान हुँदैछ ।

सभामुख अग्नि सापकोटाले बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए । त्यसपछि सदनको अध्यक्षता गर्ने सदस्यहरु मनोनयन गरेर बैठक स्थगित गरेका हुन् । अब बस्ने बैठकमा नेताहरुले बोल्नेछन् । अनि विश्वासको मतमा मत विभाजन हुनेछ ।

Next Post

प्रधानमन्त्री ओलीले पाएनन् विश्वासको मत, स्वतः पदमुक्त

२७ बैशाख २०७८, सोमबार १३:२८
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्‍वास गुमाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव संसद्‌मा अस्वीकृत भएको छ । ओलीले राखेको प्रस्तावको पक्षमा ९३ जना सांसदले मतदान गरेका थिए । विपक्षमा १२४ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाका (उपेन्द्र यादव-बाबुराम भट्टराई) समूहका सांसदले […]