स्थानीय स्तरमा स्वास्थ्य पुर्वाधार कमजोर हुँदा कडा निषेधाज्ञा : प्रजिअ थापा

  ।   १ जेष्ठ २०७८, शनिबार २१:४०

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले स्थानीय स्तरमा कमजोर स्वास्थ्य पुर्वाधारका कारण कडा निषेधाज्ञा जारी गर्नु परेको बताएका छन । उनले निषेधाज्ञाको पालना गरेर कोरोना संक्रमण फैलन नदिनको लागि सचेत रहन आग्रह गरेका हुन ।
विभिन्न कठिनाइका बाबजुद जुम्लाबासीले देखाउनु भएको धैर्यता र आत्मअनुशासन निरन्तरताको अपेक्षा गरेका छौँ,प्रमुख जिल्ला अधिकारी थापाले भने,‘संक्रमणको दर बढेको बेला उच्च सावधानी अपनाउनु बुद्धिमानी हुनेछ । ’ समुदायमा तीब्र संक्रमण पुष्टि भई ५० प्रतिशत भन्दा बढि पोजिटिभ दर देखिएकोले आपतकालिन अवस्थामा कडा निषेधाज्ञा गर्नु परेको उनले बताए ।
आगामी दिनमा हुन सक्ने मानविय क्षति र जिल्लाको स्वास्थ्य पूर्वाधार कमजोर हुँदा कडा निषेधाज्ञा जारी गर्नपरेको हो,प्रजिअ थापाले थपे,‘अत्यावश्यक बाहेक घर बाहिर ननिस्कौँ । घर बाहिर निस्किनु परेमा अनिवार्य मास्कको प्रयोग गरौ । दुई मिटर सामाजिक दुरी पालना गरौ । बेला बेला सेनिटाईजर वा साबुन पानीले हात धुने गरौ । यही नै कोरोना संक्रमण फैलन नदिने एकमात्र उपाय हुनेछ । ’
संकटको बेला अनुशासन प्रदर्शन गरेको खण्डमा भोलिका दिन सुखद हुनेछन, प्रजिअ थापाले भने,‘सबै सचेत बनौँ । आफू बाँचौ र अरुलाई पनि बचाऔँ । स्वास्थ्य सुरक्ष मापदण्डको पुर्ण पालना गरौँ । ’ उनले कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयको पालना गर्न सक्ने कोरोना संक्रमण दर घट्न सक्ने बताए ।

Next Post

मालिकको स्वार्थमा खुम्चिदो रेडियो पत्रकारिता

१ जेष्ठ २०७८, शनिबार २१:४०
गोल्डेन बुढा, कामका लागि कालापहाड पुगेका गाउँलेले काँधमा रेडियो बोकेर ल्याउँदा अचम्म लाग्थ्यो । काँधमा झुण्डिएको रेडियो बोल्थ्यो । लाग्थ्यो रेडियो कसरी बोल्छ ? न रेडियोमा मान्छे अटाउन सक्छ । नत रेडियो भित्र बसेर बोल्न सकिन्छ । कसरी बज्छ रेडियो भन्ने विषयमा निकै कौतुहलता हुन्थ्यो । रेडियोमा समाचार आउथ्योँ । […]