राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

  ।   २६ पुष २०७७, आईतवार १८:१२

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ। मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको जारी अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरे बमोजिम हिउँदे अधिवेशन अन्त्य भएको हो।

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जारी हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन्।

दुईवटा अधिवेशनबीचको अन्तर ६ महिनाभन्दा धेरै हुन नहुने संवैधानिक बाध्यताका कारण सरकारले पुस १७ गते राष्ट्रिय सभाको बैठक बोलाएको थियो। पुस १७ गते, पुस २३ गते, पुस २४ गते र पुस २६ गतेगरि जम्मा ४ पटक बसेको बैठकमा प्रतिनिधि सभा विघटनको चर्को आलोचना भएको थियो।

नेकपाभित्रको असुन्तष्ट खेमा (प्रचण्ड–नेपाल) पक्षीय सांसदहरु र नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको चर्को आलोचना गरेका थिए।

Next Post

पूर्वाराजा ज्ञानेन्द्रले मुख खाेले: अहिलेको राजनीतिको समीक्षा गर्न ढिला भयो

२६ पुष २०७७, आईतवार १८:१२
पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीति कति इमान्दार, राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ भन्ने समीक्षा हुन विलम्ब भएको बताएका छन्। पृथ्वी जयन्तीको अवसमा प्रेस विज्ञप्ति जारी गर्दै शाहले भनेका छन्, ‘हाम्रो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम सधन हो। तर हामीले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्रकेन्द्रित छ, कति जनहित […]