लमजुङ केन्द्रविन्दु बनाएर फेरि गयो ५‍.३ रेक्टर स्केलको भूकम्प

  ।   ५ जेष्ठ २०७८, बुधबार १०:४१

काठमाडौँ — लमजुङमा फेरि भूकम्प गएको छ । लमजुङको भुलभुले आसपास नै केन्द्रविन्दु बनाएर बुधबार बिहान ८ बजेर २६ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का गण्डकी प्रदेश, लुम्बिनीका केही जिल्ला र काठमाडौं उपत्यकासहित केही जिल्लामा महसुस गरिएको छ ।

भूकम्पमा केही घर भत्किनुका साथै केही स्थानीय घाइते भएका छन् ।

भूकम्पको केन्द्रविन्दु मर्स्याङ्दी गाउँपालिकाका घरहरूमा बढीजसो क्षति पुगेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भूकम्पपछि मानिसहरूबीच भागाभाग भएको बताए । उनका अनुसार केही घरमा क्षति भएको र केही स्थानीय घाइते भएको जानकारीमा आएको छ । ‘तर यकिन विवरण आउन अझै बाँकी छ,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले घर भत्किँदा बेंसीसहर नगरपालिका–६ चनौटेकी ३६ वर्षीया उमा गुरुङ र बेंसीसहर–११ रामचोकबेंसीकी ८७ वर्षीया खोपकुमारी पाण्डे घाइते भएको जानकारी दिए । दुवै जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको उनले बताए । पछिल्लो भूकम्पले भने कुनै क्षति पुर्‍याए/नपुर्‍याएको जानकारी आइसकेको छैन ।

पछिल्लो धक्का पनि २०७२ वैशाखको गोरखा भूकम्पकै परकम्प रहेको केन्द्रले जनाएको छ ।

Next Post

कर्णालीका कोरोना संक्रमितको उद्दार हेलिकोप्टरबाट

५ जेष्ठ २०७८, बुधबार १०:४१
जुम्ला– कर्णाली प्रदेश सरकारले दुर्गमका जटिल कोभिड संक्रमित विरामीलाई हेलिकोप्टरमार्फत उद्दार गर्ने भएको छ । २ जेठमा बसेको कर्णाली प्रदेशको मन्त्री परिषद् बैठकले दुर्गमका जटिल खालका कोभिड सङ्क्रमितहरूलाई हेलिकोप्टरबाट उद्दार गर्ने निर्णय गरेको हो । डोल्पा, हुम्ला र मुगुका जटिल प्रकृतिका सङ्क्रमितहरूलाई सदरमुकाम तथा त्यहाँ उपचार हुन नसकेमा कर्णाली स्वास्थ्य विज्ञान […]

सम्बन्धित