सिँजा गाउँपालिकामा एक महिला मृत फेला

  ।   ८ जेष्ठ २०७८, शनिबार १८:४५

गोल्डेन बुढा,

जुम्लाको सिँजा गाउँपालिकामा एक जना मृत अवस्थामा भेटिएकी छिन् । सिँजा ६ काँडागाउँकी पम्फा बुढा गोठभित्र मृत अवस्थामा भेटिएकी हुन । मृतक बुढाको घाँटीमा झुण्डिएको जस्तो दाग देखिएको वडाध्यक्ष कालीबहादुर बुढाले जानकारी दिए ।
शव गोठमा बेवारिसे अवस्थामा भेटियो । उनलेभने,‘मृतकका श्रीमानले हामीलाई झुण्डिएर आत्म हत्या गरेको बताए । तर घटनाका अनुसन्धान हुन सकेको छैन । ’ मृतकको उचाइ ५ फिट ३ इन्च छ । गोठको उचाइ ३ फिट २ इन्च छ ।’ हत्या हो या आत्महत्या भन्ने बिषयमा अनुसन्धानका लागि शव पोष्टमार्टम गर्न कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पताल जुम्लामा लगिएको प्रहरीले जनाएको छ ।
पोष्टमार्टम पछि मात्रै मृत्युको कारण खुल्ने प्रहरी निरीक्षक युवनकुमार चौधरीले जानकारी दिए । श्रीमान श्रीमति बीच मनमुटाव भएपछि गोठमा झुण्डिएर आत्महत्या गरेको भन्ने आशंका स्थानीयले गरेका छन ।
सिंजा ६ काडाँगाउँका स्थानीय गोर्ख बुढाका अनुसार मृतकका श्रीमानले राति करिव १२ बजेतिर श्रीमतीले झुण्डिएर आत्महत्या गरेको खबर आफन्तलाई गरेका थिए । ‘श्रीमानले मलाई राति १२ बजे श्रीमतिले झुण्डिएर आत्महत्या गरेको दिए,गोर्खले भने,‘म घटनास्थल गएँ,जिवितै छन कि भनेर श्रीमानले झुण्डिएको डोरी फुकालेर भुइमा राखेको भन्यो ।’ मृतकको घाँटीमा दाग रहेको र डोरीमा रौं भेटिएको छ स्थानीय बताउँछन ।

Next Post

प्रधानमन्त्री नियुक्तिको विकल्प छँदै प्रतिनिधि सभा विघटन हुनु असंवैधानिक : सभामुख सापकोटा

८ जेष्ठ २०७८, शनिबार १८:४५
सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट जेठ ७ गते जारी विज्ञप्ति नेपालको संविधान, राजनीतिक दल सम्बन्धि ऐन २०७३ र प्रतिनिधि सभा नियमावली २०७५ ले गरेको व्यवस्थासँग मेल नखाएको बताएका छन्। संविधानको धारा ७६(५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा रहँदै सार्वभौम प्रतिनिधि […]